Comments Add Comment

कट्रिना भन्छिन्–‘रणवीरसँगको ब्रेकअप मेरा लागि सुन्दर गिफ्ट’

नायिका कट्रिना कैफ र नायक रणवीर कपुरको ब्रेकअप अब पुरानो भैसक्यो । कट्रिना अहिले आफ्नो काममा केन्द्रित छिन् भने रणवीर नायिका आलिया भट्टसँगको प्रेममा छन् । रणवीर र कट्रिनाले करिब ६ बर्ष प्रेम गरेका थिए । सो समयमा कट्रिना काम भन्दा गसिपमा बढी अल्झिएकी थिइन् । यसैले पनि उनै कैफले रणवीरसँगको ब्रेकअपको घटनालाई जिन्दगीको सबैभन्दा सुन्दर गिफ्ट भनेकी छिन् ।

उनले भनिन्–‘ब्रेकअपपछि मेरो जिन्दगी पुरा रुपमा बदलियो । म अहिले आफूमाथि नै बढी केन्द्रित छु । जब तपाइको ध्यान आफू माथि नै हुन थाल्छ त्यसपछि तपाइलाई आफ्नो बारेमा धेरै कुरा थाहा हुन थाल्छ । यसपछि तपाइलाई आफू कस्तो मानिस हुँ भन्ने थाहा हुन्छ ।’

कट्रिनाले अगाडि भनिन्–‘अहिले मलाई लाग्छ कि त्यो ब्रेकअप मेरो जिन्दगीको सबैभन्दा सुन्दर उपहार थियो । किनकी मलाई त्यसपछि नै थाहा भयो कि मैले आफ्नो जिन्दगीलाई कुन बाटोमा लगिरहेको छु । अहिले मैले हरेक कुरालाई नयाँ कोणबाट देख्न थालेकी छु ।’

कैफले आफ्नो कुनै पनि निर्णयमा दुःखी नहुने बताइन् । उनले एक भारतीय म्यागेजिनसँग भनिन्–‘कुनै पनि काम भैसकेपछि त्यसलाई लिएर दुःखी हुनुको अर्थ छैन । तपाइले जुन समय फैसला लिनु भएको थियो त्यो समयमा तपाइलाई त्यो सही लागेको थियो र लिनुभएको थियो । लामो समयपछि त्यसमा दुःख मनाउनुको के अर्थ छ र ?’

कट्रिना अहिले चलचित्र ‘जिरो’को प्रमोशनमा व्यस्त छिन् । उनले ब्रेकअपपछि ठूला–ठूला प्रोजेक्टमा काम गरिरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment