२० मंसिर, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजारमा सुधार देखिएको छ । बुधबार करिब २३ अंकले ओरालो लागेको सेयर बजार बिहीबार २ दशमलव ९० अंकले सुधार देखिएको हो ।
सेयर बजारमा २ दशमलव ९० दशमलव अंकले सुधार देखिँदा नेप्से परिसूचक १ हजार १ सय २१ दशमलव ०३ मा पुगेको छ ।
नेप्से परिसूचकमा सामान्य सुधार देखिए पनि कारोबार रकममा भने सुधार देखिन सकेन । दिनभरमा भएका ४ हजार १ सय ७० कारोबारबाट १ सय ६२ कम्पनीको १३ लाख ७४ हजार ३ सय ४६ कित्ता सेयर किनबेच भएका छन् ।
जस अनुसार ३७ करोड ९ लाख ७१ हजार ९ सय ३६ रुपैयाँको कारोबार भएको छ । कारोबार रकमका आधारमा एनएमबी बैंक अग्रस्थानमा देखिएको छ । एनएमबीको ४ करोड ४६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4