Comments Add Comment

तम्घासमा आगोलागी हुँदा ७ लाखको क्षती

२० मंसिर, गुल्मी । गुल्मीमा एक घरमा आगोलागी हुँदा जलेर पूर्ण रुपमा नष्ट भएको भएको छ । रेसुङ्गा नगरपालिका वडा नम्बर २ धागिथुमस्थित चुराबहादुर कुवँरको घरमा आगोलागी भएको हो ।

बिहीबार दिउँसो ४ वर्षीय बालकले लाइटर खेलाउदा सल्किएको आगोले कुवँरको घरमा रहेको धनमालसहित सम्पूर्ण सामाग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

नेपाल, प्रहरी शसस्त्र प्रहरी,नेपाली सेना, रेसुङा नगरपालिकको दमकल र स्थानीयले आगो नियन्त्रणमा लिएका थिए ।

आगोलागिबाट करिब ७ लाख क्षती भएको प्रहरीले जनाएको छ । मानवीय क्षती भने भएको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment