Comments Add Comment

बर्षालाई ‘सेलिब्रिटी गेस्ट अफ द अनर’ को सम्मान

नेपाली चलचित्र क्षेत्रमा राम्रो स्थान बनाइरहेकी नायिका बर्षा राउतलाई एस एस इभेन्ट्सले सम्मान गरेको छ । आफ्नो पाँचौ बार्षिकोत्सवको अवसरमा यो संस्थाले उनलाई ‘सेलिब्रिटी गेष्ट अफ अनर’बाट सम्मनित गरिएको हो । नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उनलाई यो सम्मान प्रदान गरिएको हो ।

यो इभेन्ट्सका कार्यकारी निर्देशक प्रविन जोशीले आफूहरुले खेलकुदको क्षेत्रमा काम गर्दै आएतापनि नेपाली चलचित्र क्षेत्रमा केहि गर्ने योजना बनाएको बताए । त्यसको सुरुवात स्वरुप नायिका राउतलाई सम्मान गरिएको उनले बताए ।

नायिका राउतले यो संस्थालाई चलचित्र क्षेत्रका लागि पनि केहि काम गर्न आग्रह गरिन् । नायिका राउत चलचित्र ‘नाई नभन्नु ल ४’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । उनले छोटो समयमा नै यो क्षेत्रमा दमदार उपस्थित जनाइसकेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment