+
+
Shares

रिलिज भयो ‘प्रसाद’, मल्टिप्लेक्समा दर्शकको उच्च चाप

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २१ गते ११:३४

आजबाट चलचित्र ‘प्रसाद’ रिलिज भएको छ । गीतसंगीत र ट्रेलरका कारण चर्चामा आएको यो चलचित्रले बलिउडको ठूलो चलचित्र मानिएको ‘केदारनाथ’सँग प्रतिस्पर्धा गरेको छ । तर, यो चलचित्रले बक्स अफिसमा बाजी मार्ने संकेत देखिएको छ ।

काठमाण्डौको क्यूएफएक्स चेन अन्र्तगतको ५ वटा हलमा यसलाई सुरुवातमा १२ शो दिइएको थियो । अहिले चलचित्रलाई क्यूएफएक्सले १६ शो दिएको छ । शुक्रबार चलचित्रको अधिकांश शोमा दर्शकको चाप उच्च देखिएको छ । शनिबार पनि चलचित्रको बुकिङ आक्रामक देखिएको छ । प्रिमियरबाट समेत उच्च तारिफ कमाएको यो चलचित्रले दर्शकको मन जित्ने संकेत देखिएको छ ।

दिनेश राउतको निर्देशनमा तयार भएको यो चलचित्रलाई सुवास थापाले निर्माण गरेका हुन् । सुशिल पौडेलको कथामा तयार भएको चलचित्रमा विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेतको मुख्य भूमिका छ । सन्तान नहुँदाको पीडा भोगेका एक दम्पत्तीको कथामा यो चलचित्र बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?