+
+
Shares

वायुसेवा निगममा नयाँ शक्तिको धर्ना

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २१ गते १५:१९

२१ मंसिर, काठमाडौं । वाइडबडी खरिदमा भ्रष्टाचार भएको भन्दै नयाँ शक्ति पार्टी नेपालले नेपाल वायुसेवा निगमको कार्यालय, न्यूरोडमा धर्ना दिएको छ ।

धर्नामा बसेका नयाँ शक्ति पार्टीका नेता कार्यकर्ताले खरिद प्रक्रिया पारदर्शी नभएको भन्दै छानबिनको माग गरेका छन् । नेता नवराज सुवेदीले राजनीतिक हस्तक्षेपका कारण वायुसेवा निगम धरासायी हुने अवस्था आएको बताए ।

विमान खरिद प्रक्रियाबारे संसदको लेखासहितका समितिले अध्ययन गरिरहेको छ । ‘लेखा समितिले दुधको दुध पानीको पानी गरोस् र विमान खरिदमा अनियमिता गर्नेहरुलाई कारबाही होस्’ पूर्व सांसद समेत रहेका सुवेदीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?