Comments Add Comment

राती किन छटपटी र औडाह हुन्छ ? स्लिप डिसअर्डरको समस्या हो कि

रातको समयमा निन्द्रा नलाग्नु वा चिन्ता, तनाव हुनुलाई स्लिप डिसअर्डर भनिन्छ । यसलाई चिकित्सकिय भाषामा इन्सोमेनिया भनिन्छ जसमा मानिसहरुलाई निन्द्रा आउँदैन, बिहान छिट्टै निन्द्रा टुट्छ वा राती सुत्नमा समस्या हुन्छ ।

मानिसहरुलाई रातमा चिन्ताले सताउँछ उनीहरुलाई दिउँसो कुनै तनाव वा समस्या महसुस हुन्छ । यस्ता मानिसहरु जब सुत्छन् उनीहरुको दिमागमा विभिन्न प्रकारका कुराहरु र डरले डेरा जमाउँछन् । यसैकारण उनीहरुले आफ्नो सोचमा कुनै नियन्त्रण गर्न सक्दैनन् ।

जो मानिसलाई रातमा चिन्ताले सताउँछ उनीहरुको निद्रा राती अचानक खुल्छ र बेलाबखत त उनीहरुलाई श्वासप्रश्वासमा समस्या पनि हुन्छ । राती चिन्ता लिने मानिसहले सपना पनि नराम्रो नराम्रो देख्छन् र साथै उनीहरुको निन्द्रा पनि पुरा हुँदैन परिणामस्वरुप उनीहरुको स्वास्थ्य पनि प्रभावित हुन्छ ।

सुत्ने समय तय गर्नुहोस्

राती सुत्ने एक निश्चित समय तय गर्नुहोस् किनभने जैविक घडीले तपाईंको जीवनलाई प्रभावित गर्छ र साथसाथै तपाईंको निन्द्रा पनि प्रभावित गर्छ । जब तपाईंको जैविक घडी सही हुन्छ भने निन्द्रा पुरा हुन्छ साथै सहि समयमा सुत्नाले तपाईंलाई थकान पनि महसुस हुँदैन ।

क्याफिनको सेवन छोडिदिनुहोस्

क्याफिन एक शक्तिशाली उत्तेजक हो र हाम्रो शरीरले कफी वा चियाको प्रभाव टाढा गर्नको लागि कम्तीमा पनि ६ घन्टा लगाउँछ । यदि तपाईं कफी वा चियाको सेवन गर्न चाहनुहुन्छ भने तपाईंले त्यसको सेवन बिहान वा दिँउसो मात्रै गर्नुपर्छ ।
आफ्नो समस्याहरु नियन्त्रण गर्नुहोस् ।

तनावमुक्त रहनुहाेस्

यदि तपाईं राती हुने चिन्तालाई नियन्त्रण गर्न चाहनुहुन्छ भने यसको लागि तपाईंले आफ्नो समस्याहरुलाई समाधान गर्नुपर्छ र दिमागलाई तनावमुक्त बनाउनुपर्छ । यदि तपाईं पुरै समय आफ्नो समस्या कहिल्यैपनि कम हुँदैन भनेर सोचिरहनुहुन्छ भने तपाईंको निन्द्रा पनि प्रभावित हुन्छ ।

 

सुत्दा कुनै विद्युतीय ग्याजेट नचलाउनुहोस्

रातमा सुत्नभन्दा पहिले तपाईंले आफ्ना सबै विद्युतीय उपकरणहरु जस्तै मोबाईलफोन, ट्याब्लेटलाई बन्द गर्नुपर्छ । यसो गर्नाले तपाईंको निन्द्रा प्रभावित हुँदैन र शान्तिसँग सुत्न सक्नुहुन्छ । विद्युतीय ग्याजेटहरुले तपाईंको ध्यान भड्काउँछ र निन्द्रालाई प्रभावित गर्छ ।

मदिरा सेवन छोडिदिनुहोस्
सबै मदिरा उत्तेजक र मादक हुन्छन् । हामी देख्न सक्छौं धेरैजसो मानिसहरु सुत्न जानुभन्दा पहिले मदिरा सेवन गर्छन् जसले छिटो मेटाबोलाइज गराउँछ र भोक बढाउँछ । त्यसैले सुत्नभन्दा पहिले अल्कोहलको सेवन गर्नुहुन्छ भने तपाईंको निन्द्रा टुट्न सक्छ ।

धेरै मानिसहरुलाई रातको समयमा धेरै चिन्ता महसुस हुन्छ । यस्तोमा उनीहरुलाई आफ्नो दैनिक जीवनबाट केही चीजहरुलाई सोच्न छोडिदिनुपर्छ ताकी उनीहरुले रातमा निन्द्रा लाग्ने समस्याबाट छुटकारा पाउन सकुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment