Comments Add Comment

आर्थिक पत्रकारलाई सहयोग गर्ने गभर्नरको प्रतिवद्धता

२३ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले आर्थिक पत्रकारहरुलाई सँधै आफ्नो सहयोग रहने बताएका छन् ।  आइतबार राष्ट्र बैंक पुगेको नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिको टोलिलाई बधाई तथा शुभकामना दिँदै गभर्नर नेपालले यस्तो बताएका हुन् ।

उनले भने, ‘आर्थिक पत्रकारहरुप्रति म सधै सकरात्मक छु, आफ्नो पेशामा मर्यादित भएर समाचार लेख्नुहोस् मेरो तपाईहरुलाई शुभकामना छ ।’ गभर्नर नेपालले समृद्धिका लागि आर्थिक पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको समेत बताए ।

संघले गभर्नर नेपाललाई ज्ञापन पत्र समेत बुझाएको थियो । सहकार्य र सहयोगका लागि संघले बुझाएको ज्ञापन पत्र बुझ्दै उनले आफूले सकेको सहयोग गर्न प्रतिवद्ध रहेको बताएका थिए । भेटमा संघका नवनिर्वाचित कार्यसमितिसहित विभिन्न सञ्चार माध्यममा आवद्ध आर्थिक पत्रकारहरको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment