+
+
Shares

अर्थमन्त्रीको राजीनामा माग्दै सेयर बजार लगानीकर्ता अनसनमा

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २४ गते ११:२९

२४ मंसिर, काठमाडौं । पुँजी बजार लगानीकर्ताहरुले सोमबार पनि अनसनलाई निरन्तरता दिएका छन् । पुँजी बजार सुधार र विस्तारका लागि भन्दै आइतबारलदेखि शुरु भएको रिले अनसनलाई लगानीकर्ताहरुले सोमबार थप मागसहित निरन्तरता दिएका हुन् ।

उनीहरुले विभिन्न १० बुँदामा आफ्ना मागहरु राखेर अनसन शुरु गरेका थिए । सोमबारसम्म आइपुग्दा उनीको माग बढेर १३ बुँदे पुगेको छ ।

आइतबार १० बुँदा नै भए पनि ३ बुँदा थप गर्नु पर्ने देखिएपछि मागलाई १३ बुँदा पुर्‍याइएको नेपाल पुँजी बजार संघका महासचिव नयन बास्तोलाले जानकारी दिए ।

लगानीकर्ताहरुले अर्थमन्त्रीको राजीनामा माग गरेका छन् । अर्थमन्त्रीलाई पुँजी बजार विरोधी भन्दै उनीहरुले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने र पुँजी बजार बुझेको अर्थमन्त्री नियुक्त गर्नु पर्ने माग राखेका छन् ।

लगानीकर्ताहरुले अनलाइन कारोबार प्रणाली तत्काल आम लगानीकर्ता समक्ष पुर्‍याउनु पर्ने, गैर आवासीय नेपालीहरुलाई पुँजी बजारमा प्रवेश गर्न दिने व्यवस्था तत्काल गरिनु पर्ने, सेयर धितो कर्जाको सीमा मुल्यांकन ८० प्रतिशत पुर्‍याउनु पर्ने लगायतका माग अघि सारेका छन् ।

थप मागको रुपमा वाणिज्य बैंकहरुलाई तत्कालै सहायक कम्पनी खोलेर ब्रोकर कार्यालय खोल्न दिन उनीहरुले माग अघि सारेका छन् ।

साथै सरकारले बढाएको ५० प्रतिशत पुँजीगत लाभकर फिर्ता गरेर हकप्रद तथा बोनसमा लाग्ने कर सम्बन्धी व्यवस्थालाई स्पष्ट पार्नु पर्ने पनि उनीहरुको माग छ ।

माग पुरा नभएसम्म रिले अनसन जारी राख्ने उनीहरुले बताएका छन् । अनसन समूहको नेतृत्व लगानीकर्ता हरी ढकालले गरेका छन् ।

यस्ता छन् मागः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?