पेटको अल्सर भन्नासाथ हामी झस्किन्छौं । यो पिडादायक हुनुका साथै जटिल पनि हुन्छ । त्यसैले, यो समस्या थाहा पाउनासाथ उपचार शुरु गर्न निकै जरुरी छ । अन्यथा आन्द्राको क्यान्सर हुनसक्छ ।
पेटको अल्सर भएमा पेटमा छाला पर्ने वा घाउ हुने गर्छ । यस्तो अल्सर विशेषगरी गलत खानपानका कारण हुने हो । सामान्यतया, खाना पचाउने एसिडले आमाशयको पर्खाललाई असर गरेमा अल्सर हुने गर्छ । यस्तो अल्सर पेटको भित्री भागमा, भोजन नली तथा सानो आन्द्रामा विकास हुन्छ ।
पेटमा अल्सर भएमा पिडा नाइटोबाट सुरु भई छातीसम्म दुख्छ । समयमै उपचार नगरे यसले भयानक समस्या निम्त्याउन सक्छ । र, पेट सम्बन्धि अन्य समस्याहरु पनि उब्जिन्छन् ।
अल्सरको कारण
पेटको अल्सरलाई पेप्टिक वा ग्यास्टि्रक अल्सरसमेत भनिन्छ । अम्लीयपना, धुमपान वा लागूऔषधको सेवन, अत्यधिक स्टेराइडको प्रयोग, आणुवंशिक कारण, तनाव तथा खानपानको गडबडीका कारण पनि पेटमा अल्सर हुने गर्छ । त्यस्तै, हेलिकोव्याक्टर पाइलोरी नामक जीवाणुको संक्रमणका कारण पनि पेटमा अल्सर हुने गर्छ ।
अल्सरका लक्षण
सुरुवाती चरणमा अल्सर पत्ता लगाउन केहि कठिन हुन्छ । तथापि, तल उल्लेखित लक्षण देखिएमा सचेत हुन जरुरी छ ः
-बारम्बार डकार आउने
-पेटमा जलन पैदा हुने
-पेटमा घाउ भएको महसुस हुने
-पेट फुल्ने, सुन्निने
-छाती पोल्ने, ग्यास्टि्रकको समस्या
-शरीरको माथिल्लो भाग दुख्ने वा पोल्ने
-तातो खानेकुरा खाएपछि असहज महसुुस हुने
-दिशामा रगत देखिने वा दिशाको रङ्ग गाढा हुने
-रगत बान्ता हुने, खोकीमा रगत देखिने
-वजन कम हुने
-खान मन नलाग्ने
अल्सरका प्रकार
अल्सर तीन प्रकारका हुन्छन् ।
-पेटमा हुने ग्यास्टि्रक अल्सर
-भोजन नलीमा हुने एसोफेगस अल्सर
-सानो आन्द्रामा हुने डूआडनल अल्सर
ध्यान दिनु पर्ने कुरा
अल्सरका विरामीले मसलादार खाना, सुर्तिजन्य पदार्थ, तारेको, भुटेको खानेकुरा तथा माछामासुबाट बच्नुपर्छ । अत्याधिक मात्रामा फलफूल तथा सागसब्जीको सेवन गर्नुपर्छ । यसले अल्सर चाडै निको पार्न सहयोग गर्छ ।
त्यसबाहेक, फोहोर तथा दुषित खानेकुराबाट बच्नुका साथै साबुन-पानीले राम्ररी हात धोएर मात्र खाना खानुपर्छ ।
प्रतिक्रिया 4