Comments Add Comment

च्याम्पियन्स लिगः समूह ‘ए’ बाट डर्टमन्ड र एट्लेटिको मड्रिड प्रिक्वाटरफाइनलमा

२६ मंसिर, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको समूह ए बाट बोरुसिया डर्टमन्ड एट्लेटिको मड्रिड नकआउट चरणमा प्रवेश गरेका छन् ।

गएराति भएको खेलमा बोरुसिया डर्टमन्डले मोनाकोलाई पराजित गर्दै समूह विजेता बन्दा एट्लेटिको मड्रिडले क्लब ब्रुगसँग गोलरहित बराबरी खेल्दै समूह ए को उपविजेता बनेर प्रिक्वारटफाइनलमा स्थान बनाएको हो ।

डर्टमन्डले मोनाकोलाई पराजित गर्दा राफेयल गुइरेइरो नायक बने । उनकै दुई गोलमा डर्टमन्ड समूह विजेता बन्न सफल भएको हो । उनले खेलको १५ औं र ८८औं मिनेटम गोल गरे ।

यता, एट्लेटिको मड्रिडले भने क्लब ब्रुगसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । क्लब ब्रुगलाई पराजित गरेको भए एट्लेटिको मड्रिड समूह विजेता बन्ने थियो । हेड टु हेडको आधारमा डर्टमन्डसँग पछि पर्दै एट्लेटिको दोस्रो स्थानमा रहेको हो । दुबै टिमको समान ६ खेलबाट १३–१३ अंक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment