Comments Add Comment

ढिला सुत्ने-ढिला उठ्ने बानीले हुन सक्छ डिप्रेसन

कयौं मानिसहरुको राति ढिला सुत्ने आदत हुन्छ । अझ अहिलेका किशोर-किशोरी त राति अबेरसम्म मोबाइलमै विजी रहन्छन् । बिहान छक्काल हुँदासम्म उठ्दैनन् । यो पटक्कै राम्रो बानी होइन ।

ढिला सुत्ने तथा ढिला उठ्ने व्यक्तिमा टाइप-२ मधुमेहको जोखिम उच्च हुने विज्ञहरुले औंल्याएका छन् । हालै भएको एउटा शोधले यस्ता व्यक्तिमा मोटोपना तथा मुटुसम्बन्धी रोगको जोखिम बढ्ने देखाएको छ ।

मानव शरीरमा २४ घन्टाको एउटा चक्र हुन्छ, जुन जैविक घडीद्वारा नियन्त्रित हुन्छ । यही जैविक घडीले शरीरका कयौं कामलाई नियमित गर्छ । कतिसम्म भने मानिसलाई कुन बेला खाने र कुन बेला सुत्नेसम्म पनि यसले जानकारी दिलाउँछ ।

यही जैविक घडीलाई आधार मानेर शोधकर्ताहरुले अनुसन्धान गरेका थिए । यसबाट के पत्ता लागेको थियो भने राती ढिला गरी सुत्ने व्यक्तिमा जंकफुड, मदिरा, चिनी, चिया कफी तथा फास्टफुड जस्ता गलत खानपानको लत बस्छ । यसले मुटु रोग तथा टाइप २ मधुमेहका जोखिम उच्च हुने गर्छ ।

सामान्यतया, मानिसहरुमा ग्लूकोजको स्तर दिनभर तल र्झछ । र, रातमा न्युन स्तरमा रहने गर्छ । तर, ढिला गरी सुत्ने व्यक्तिहरुले रातमा जंकफुड, मदिरा, चिया, कफीको धेरै सेवन गर्ने हुँदा उनीहरुमा रातको समयमा पनि ग्लुकोजको स्तर बढेर टाइप २ मधुमेह हुने गर्छ ।

गलत खानपान

बिभिन्न शोधहरुले जनाएअनुसार राती ढिला सुत्ने व्यक्तिमा खानपानसम्बन्धी गडबडी धेरै हुन्छ । उनीहरु ढिला उठ्ने भएकाले विहानको खाना समयमा खाँदैनन् । सागसब्जी तथा फलफूल पनि कम सेवन गर्छन् । त्यस्तै, उनीहरुले एकैपटक प्रशस्त  खानेकुरा खाने गर्छन् । यसले स्वास्थ्यलाई राम्रो गर्दैन ।

डिप्रेसन

बिहान अवेरसम्म सुत्दा दिमाग तथा हर्मोनमा समेत असर पर्ने गर्छ । एक शोधले देखाएअनुसार ढिलो उठ्ने व्यक्तिहरुमा डिप्रेसन र दुखको भाव पैदा हुन्छ । यसले मस्तिष्कको विशेष भाग खराब हुने गर्छ । जसका कारण उनीहरुमा तनावको समस्या धेरै हुने गर्छ ।

बानी-व्यवहोरा

राती ढिला गरी सुत्ने व्यक्तिमा ‘अब्सेसिभ कम्पल्सिभ डिसअर्डर -ओसिडी) को जोखिम पनि उच्च हुने गर्छ । यो कुरा पहिले भएका शोधहरुमा समेत पुष्टि भैसकेको छ । शोधका अनुसार ओसीडीको समस्या हुने व्यक्तिमा एउटै व्यवहार बारम्बार दोहोरिने गर्छ । त्यस्तै, उनीहरु धेरै सन्की पनि हुन्छन् । उनीहरुले मानिससित गर्ने व्यवहार पनि भिन्न किसिमको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment