+
+

प्रचण्ड र केपी ओलीले धोका दिनुभयो : रामचन्द्र पौडल

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २७ गते १३:४८

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सुशासन दिन्छु भनेर नेपाल कम्युनिस्ट पार्टीले जनतालाई धोका दिएको बताएका छन् ।

बिहीबार नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवाद शीर्षकको आफ्नो पुस्तक सार्वजनिक कार्यक्रममा उनले सुशासन दिन्छु भनेर प्रचण्ड र केपी ओलीले धोका दिएको बताएका हुन् ।

‘सुशासन ल्याउँछु भनेर प्रचण्ड र केपी ओलीले विश्वास दिलाउनुभयो, उहाँहरुले पनि धोका दिनुभयो’ उनले भने ‘वाइडबडी जहाज खरिद काण्डदेखि चिनी काण्ड, सुन काण्डजस्ता भ्रष्टाचार काण्डले गर्दा समाजवादमाथि धोका भएको छ ।’

भ्रष्टाचार समाजवादको लागि सबैभन्दा ठूलो धोका भएको उनको भनाइ छ । समाजवादको पक्षमा अब वैचारिक अभियान लिएर गाउँगाउँमा जान र पार्टीभित्र पनि छलफल चलाउन उनले कार्यकर्ताहरुलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?