+
+

रिलिज भयो कमेडी कथाको ‘सुश्री सम्पत्ती’

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २८ गते १०:५०

नेपालमा कमेडी चलचित्र निर्माणमा बाढी नै आएको छ । यो चलचित्र निर्माणमा धेरै निर्माताहरु अघि सरिरहेका छन् । यही क्रममा निर्देशक सुव्रतराज आचार्यले निर्देशन गरेको दोश्रो चलचित्र ‘सुश्री सम्पत्ती’ आजबाट रिलिज भएको छ । २ घन्टा लामो यो चलचित्रले दुई यूवा र उनीहरुको एक यूवतीप्रतिको मोहलाई चलचित्रले उठान गरेको छ ।

यो चलचित्रमा सलोन बस्नेत, विनोद न्यौपाने र सारा सिर्पालीको मुख्य भूमिका छ । रमेश त्वयनाको निर्माणमा तयार भएको चलचित्रको ‘हुकुम बक्सियोस्’ बोलको गीत अहिले चर्चामा छ । चलचित्रले काठमाण्डौको क्यूएफएक्समा ६ शोज पाएको छ । निर्देशक सुव्रतराज आचार्यले चलचित्रले २ घन्टा दर्शकलाई मनोरञ्जन दिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?