+
+

बरुणले सोनाक्षीलाई भने–‘भाउजु’

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २८ गते १२:२०

नायक बरुण धवन र नायिका सोनाक्षी सिन्हा पहिलो पटक ‘कलंक’ नामक चलचित्रमा एकसाथ काम गर्दैछन् । एकसाथ काम गर्न थालेपछि यो जोडीले ट्विटरमा सवाल जवाफ पनि गरेको छ । सोनाक्षीले ट्विटरमा एक तस्बिर राख्दै लेखिन्–‘मिरर अन द वाल ।’ सोनाक्षीको यो ट्विटमा बरुणले लेखे–‘भाभी’ । यसमा फेरि सोनाक्षीले जवाफ लेखिन्–‘उफ, बरुण के तिमी चुप बस्न सक्छौ ।’

बरुणले सोनाक्षीलाई भाउजु भन्दै सम्बोधन गरेपछि अहिले बलिउडमा उनी कसैको प्रेममा परेको चर्चा हुन थालेको छ । ‘कफि विथ करण’ शोमा नायिका आलिया भट्टले सोनाक्षी र नायक आदित्य राय कपुरले एकसाथ काम गर्न आवश्यक रहेको बताएकी थिइन् । सोनाक्षीले पनि आदित्यसँग काम गर्नका लागि आफू उत्साहित रहेको खुलाएकी थिइन् ।

यसैले अहिले बलिउडमा सोनाक्षी र आदित्यको प्रेमको खबर सुरु भएको छ । यही भएर बरुणले सोनाक्षीलाई ‘भाउजु’ भनेर सम्बोधन गरेको चर्चा चलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?