Comments Add Comment

पर्यटकलाई सूचना दिन सौराहामा डिजिटल बोर्ड राखिने

२८ मंसिर, चितवन । देशकै तेस्रो पर्यटकीय नगरी सौराहामा आउने पर्यटकहरुलाई विभिन्न विषयमा जानकारी दिन डिजिटल डिस्प्ले बोर्ड राखिने भएको छ ।

नेपाल पर्यटन बोर्डको १० लाख र क्षेत्रीय होटल संघ सौराहाको सहयोगमा बोर्ड राख्न लागिएको हो । डिस्प्ले बोर्डमा सौराहाका घुम्नै पर्ने स्थानहरुका बारेमा जानकारी, विविध गतिविधिका सूचना, पालना गर्नुपर्ने नियमहरु, रुटहरुको बारेमा जानकारी, सचेतनामूलक छोटो भिडियोहरु राखिने योजना छ ।

बोर्डको सञ्चालनका लागि केही व्यवसायिक विज्ञापनपनि राखिने अध्यक्ष घिमिरले बताए । वोर्डको लम्वाई १०.५ फिट र चौडाइ ७.३५ फिट छ ।

बोर्डमा ७० प्रतिशत जानकारीमूलक सूचना र ३० प्रतिशत व्यवसायिक विज्ञापन राखेर नियमित सञ्चालनको व्यवस्था मिलाइने अध्यक्ष घिमिरले बताए । तर, यसको औपचारिक शुभारम्भ भने हुन बाँकी नै छ ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष समुन घिमिरेका अनुसार डिस्प्ले बोर्डको सञ्चालन हात्ती महोत्सवअघि नै गर्ने तयारी छ । सौराहामा पौष ११ देखि १५ सम्म १५ औं हात्ती महोत्सव हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment