+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

श्रृङ्खला भन्छिन्–‘म टप ५ का लागि अयोग्य थिइनँ’

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २८ गते १७:१०

‘मिस बर्ल्ड’मा ‘टप १२’मा पुगेर अगाडि बढ्न नसकेपनि ‘मिस नेपाल बर्ल्ड’ श्रृङ्खला खतिवडा आफ्नो देशलाई विश्वमाझ चिनाउन पाएकोमा खुशी छिन् । काठमाण्डौको अन्नपूर्ण होटलमा पत्रकारहरुसँग कुरा गर्दै खतिवडाले भनिन्–‘म मिस बर्ल्डमा जानका लागि मिस नेपालमा सहभागी भएकी थिएँ । मिस बर्ल्डमा जान चाहनुको मुख्यकारण नै मलाई ‘ब्यूटी विथ प्रपोज’ जित्नु थियो ।’

श्रृङ्खलाले विश्व सुन्दरीको मुख्य आकर्षण नै ‘ब्यूटी विथ प्रपोज’ रहेको बताइन् । खतिवडाले पत्रकारहरुसँग भनिन्–‘मैले मिस नेपाल बर्ल्ड जितेपछि आफूलाई ब्यूटी विथ प्रपोजका लागि तयार बनाएकी थिएँ । यसका लागि मैले नेपालका थुप्रै समस्यामध्ये चेपाङहरुको समस्यालाई रोजेकी थिएँ ।’

श्रृङ्खलाले चिनको सान्यामा आयोजित ‘मिस बर्ल्ड’मा आफू पुगेको ३–४ दिनमै सबैले नेपाललाई चिनेको भन्दै यो एउटा उपलब्धी भएको सुनाइन् । विश्वभरबाट पनि नेपाल उत्कृष्ट स्थानमा नै रहेको भन्दै उनले अर्को बर्षको ‘मिस बर्ल्ड’मा नेपालको प्रतिस्पर्धीलाई नेपालको बारेमा धेरै परिचय दिइराख्न अब आवश्यकता नभएको सुनाइन् ।

श्रृङ्खलाले अगाडि भनिन्–‘म उत्कृष्ट ५ मा पर्छु भनेर तयार थिएँ । सबैले मलाई ‘एसियाकै ब्यूटी’ भन्नुहुन्थ्यो । तर, आम नेपालीको सपना पुरा गर्न नसकेकोमा खल्लो त लागेको छ । तर, म खुशी छु किनकी मैले कुनै पनि कुरामा कमजोर प्रस्तुति दिएकी थिइनँ ।’

‘मिस नेपाल बर्ल्ड’ले भनिन्–‘उत्कृष्ट १२ मा मैले सामान्य कुराकानी गरेकाले पनि बाहिरिएको भन्ने कुरा सुनेँ । तर, त्यस्तो होइन । त्यो सामान्य खालको कुराकानी मात्र थियो ।’ नेपालीको माया सबैभन्दा धेरै पाएको भन्दै श्रृङ्खलाले आफू भावूक बनेको बताइन् ।’

कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्याको मुद्दालाई श्रृङ्खला मिस बर्ल्डमा सहभागी भएको बिषयसँग जोडिएर पनि चर्चा भएको थियो । यो बिषयमा पत्रकारको प्रश्नमा उनले भनिन्–‘हो, यो बिषयमा मैले पनि सुनेकी थिएँ । निर्मलाको मुद्दा निकै नै सम्बेदनशिल कुरा हो । मलाई नी अहिलेसम्म अपराधी नसमातिएको र उनले न्याय नपाएकोमा दुःख लागेको छ । म यसमा आफूले गर्न सक्ने पहल गर्नेछु । तर, निर्मला र मेरो विश्व सुन्दरीमा सहभागीतालाई तुलना गर्नु सुन्तला र स्याउको तुलना गरे जस्तै हो ।’

श्रृङ्खलाले अब आफूले मकवानपुरको चेपाङ बस्तीका लागि निर्माण गरिरहेको हेल्थपोष्टको काम पुरा गर्ने बताइन् । उनले यसका लागि काम अगाडि बढिरहेको समेत सुनाइन् । आफूलाई चलचित्रमा आउन इच्छा नभएको श्रृङ्खलाको भनाई थियो ।

उनले ‘मिस बर्ल्ड नेपाल’मा आफूलाई माया गर्ने सम्पूर्ण नेपालीप्रति आफू सधै नै आभारी रहने समेत स्पष्ट पारिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?