+
+
Shares

चाउमिन खाँदा दाजुभाइको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १ गते १२:४३

१ पुस, कैलाली । कञ्चनपुरको कृष्णपुर नगरपालिका-३ आमघाटमा चाउमिन खाँदा एकै घरका दुई बालकको मृत्यु भएको छ । १२ वर्षीय धनबहादुर र ८ वर्षीय टेक सुनारको मृत्यु भएको हो । उनीहरु सहोदर दाजुभाइ हुन् ।

शनिबार बेलौरीमा रहेको (मामाघर) विवाहमा सहभागी हुन आमा विमलादेवीसँगै जाने क्रममा उनीहरुले ठूली आमा सीतादेवीले दिएको चाउमिन खाएका थिए ।

चाउमिन दुबइभाइले नै बान्ता गर्न थालेपछि बेलौरीको प्राथमिक स्वास्थ्य केन्ऽमा भर्ना गरिएको थियो । उपचार सम्भव नभएपछि सेती अञ्चल अस्पताल धनगढी लगिएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि बाँकेको कोहलपुर मेडिकल कलेज लैजाने क्रममा उनीहरुको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

ती दुवै बालकका बुबाको यसअघि नै मृत्यु भइसकेको छ । उनीहरु अहिले आमासहित ठूलो बुबा र आमाको आश्रयमा थिए ।

चाउमिन खाएर मृत्यु भएपछि स्थानीयवासीले ठुलोबुवा र आमाले चाउमिनमा विषादी मिसाएर उनीहरुको हत्या गरेको आरोप लगाएका छन् ।

इलाका प्रहरी कार्यालय झलारीले ठूलोबुबा लक्षी सुनार र ठूलीआमा सीता सुनारलाई पक्राउ गरेको छ ।

चाउमिनमा विषादी हालेर वा अन्य कारणले मृत्यु भएको भन्नेबारे अनुसन्धानपछि मात्रै खुल्ने प्रहरी निरीक्षक अवस्थीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?