Comments Add Comment

कस्तो छ बर्षा र आँचलको मित्रता ?

‘नाई नभन्नु ल ४’बाट एकसाथ चलचित्र क्षेत्रमा प्रवेश गरेका नायिकाद्धय बर्षा राउत र आँचल शर्माको मित्रता कस्तो होला ? नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय उदाएका नायिकाहरुको आ–आफ्नो गुट देखिदै आएको छ । यसैले, एकसाथ यो क्षेत्रमा आएका दुई नायिकाको मित्रताको बारेमा दर्शकलाई चासो हुनु स्वभाविक नै हो ।

हाल, एकसाथ चलचित्र ‘दाल भात तरकारी’मा काम गरिरहेका आँचल र बर्षाले आफूहरुको मित्रता राम्रो रहेको बताएका छन् । आँचलले भनिन्–‘मैले पहिलेदेखि नै भन्दै आएको छु, यो क्षेत्र सानो छ । यसमा हामी सबै साथी हौं । व्यक्तिगत रुपमा सधै भेट नहोला, तर व्यवसायिक रुपमा सबै नजिक छौ ।’

आँचलले आफूले सुरुवातमा नै चिनेको बर्षा भएको बताइन् । बर्षाले नायिका आँचल शर्माको मुस्कान पर्दामा र पर्दा बाहिर राम्रो लाग्ने बताइन् । यस्तै, आँचलले पनि बर्षाको रिल र रियलमा आफूलाई मुस्कान मनपर्ने बताइन् । आँचलले भनिन्–‘रियलमा नायिकाहरु रिलमा जस्तो राम्रो देखिदैनन् भनिन्छ । तर, बर्षा दिदी रिल र रियलमा उस्तै देखिनुुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment