Comments Add Comment

गृहमन्त्री थापालाई जनबिद्रोहमा आउन गोपाल किराँतीको निम्तो

१ पुस, काठमाडौं । एमाले-माओवादी केन्द्रको एकतापछि माओवादी पुनर्गठनमा जुटेका गोपाल किराँती प्रचण्डप्रति खनिएका छन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा नेकपा (माओवादी) पार्टीको आठौं महाधिवेशनको बारेमा जानकारी दिदै अध्यक्ष किराँतीले प्रचण्डले जनयुद्धको कार्यभार र दायित्व भुलेकोले डाँका नै भन्न बाध्य भएको बताए । ‘जनयुद्धको कार्यभार र आफ्नो दायित्वलाई भुलेर क्रान्तिको कार्यभार अधुरो छोडेर धोका दिनुभयो, प्रचण्डलाई त हामीले डाँकानै भन्न बाध्य भयौं । उहाँ धोकेवाज बन्नुभयो,’ किराँतीले थपे ।

प्रचण्डभन्दा गृहन्त्री रामबहादुर थापा ‘बादल’ राष्ट्रवादी नेता भएको दावी गर्दै किराँतील बादललाई जनबिद्रोमा आउनको लागि आग्रह गरिसकेको जानकारी दिए ।

‘अझैपनि जनताका अधिकार स्थापित भएका छैनन्, तपाईलाई हामी नेता स्वीकार्न तयार छौं, तपाईलाई प्रधानमन्त्रीको रुपमा अघि सारेर वर्तमान सरकारलाई सडकबाटै ढाल्न तयार छौं, तपाई जत्तिको राष्ट्रभक्ति नेता र युद्धको कुसल कमाण्डर इमान्दर सिपाही यस्तो नालायक सरकारमा बस्न सुहाउँदैन भनेका छौं,’ किराँतीले प्रष्ट पारे ।

‘विप्लव र वैद्यसँग पार्टी एकता हुन्छ’

त्यस्तै अध्यक्ष किराँतीले नेत्र विक्रम चन्द ‘विप्लव’ र मोहन वैद्य ‘किरण’ नेतृत्वको माओवादीसँग आठौं महाधिवेशनपछि पार्टी एकता गरिने दावीसमेत गरेका छन् ।

पार्टी लाइनमा थोरै मात्रै तलमाथि भएपनि सार एउटै भएकोले एकता हुने उनको भनाइ छ । वैद्यले भन्ने गरेको जनक्रान्ति, विप्लवको एकीकृत जनक्रान्ति र आफूहरुले भन्ने गरेको महान जनविद्रोहबीच ठूलो भिन्नता नरहेको भन्दै पार्टी एकीकरण हुने तर्क गरे ।

एकतापछि पार्टीको नेतृत्वका लागिसमेत विवाद नहुने उनको दावी छ । ‘एकीकरणपछि नेतृत्वको बारेमा कुनै विवाद हुँदैन । वैद्य, विप्लव जसले पनि नेृत्व लिन सक्नुहुन्छ ।’ किराँतीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment