Comments Add Comment

ईपीएल क्रिकेट : ललितपुर क्वालिफायरमा, सन्नी बने नायक

१ पुस, काठमाडौं । ललितपुर प्याट्रियट्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता जित हात पार्दै क्वालिफायर राउण्डमा प्रवेश गरेको छ ।

टियु क्रिकेट मैदानमा आइबार सम्पन्न आफ्नो अन्तिम खेलमा भैरहवा ग्लाडिएटर्सलाई ६ विकेटले पराजित गर्दै ललितपुरले क्वालिफायर राउण्डमा स्थान सुरक्षित गरेको हो । ललितपुरले अब फाइनल प्रवेशका लागि यो राउन्डमा प्रतिस्पर्धा गर्ने छ ।

९३ रनको झिनो चुनौती पछ्याउँदै ब्याटिङ गरेको ललितपुरले १४.२ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । ललितपुरको जितमा पवन सर्राफले २५, जयकिसन कोल्सवालाले अविजित २२ र सन्दीप जोराले अविजित १८ रन बनाए ।

बलिङतर्फ रायन टेन डोस्च्याटले दुई विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले खराब प्रदर्शन गर्दै १९ ओभरमा सबै विकेटको क्षतिमा ९२ रन मात्रै बनाएको थियो । भैरहवाका लागि दुई खेलाडीले दोहोरो अंकको रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन पनि जोड्न सकेनन् ।

भैरहवाका लागि रायन टेन डोस्च्याटले ३७ र रविइन्दर सिंहले २५ रन बनाएका थिए । बलिङतर्फ भने सन्नी पटेल नायक सावित भए । उनले पाँच विकेट लिए । चार ओभर बलिङ गरेका सन्नीले १२ रन खर्चेर पाँच विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment