Comments Add Comment

गीत ‘आगो’ छ भन्ने सुनेपछि आइटममा दीपा(भिडियोसहित)

३ वटा ब्लकबस्टर चलचित्र दिएकी निर्देशक दीपाश्री निरौला चलचित्र ‘हजार जुनी सम्म’मा आइटम नृत्य गरिरहेकी छिन् । आखिर, किन दीपाश्रीलाई यो उमेरमा आएर आइटम नृत्य गर्नुपरेको होला ?

दीपाश्रीले नृत्य गरेको ‘आइटम गीत’को सुटिङ रिपोर्टको भिडियो यहाँ हेर्नुहोस्ः


दीपाश्री भन्छिन्–‘यो समयको माग हो । भट्टीको साहुनी हसिली, रसिली, मान्छे पनि कुट्न सक्ने मै मात्र हो भनेर निर्देशक विकासराज आचार्यले भन्नुभयो । यसैले मैले पनि काम गरेँ ।’ गीतमा दीपाश्रीले भन्नेछिन्–‘कलकलकल पिरतीको धारो, आज नगद भोली उधारो ।’

दीपाश्रीले आफूलाई पहिलेदेखि नै नृत्य गर्न मन लाग्ने बताइन् । तर, चलचित्र निर्देशनमा लागेपछि आफूले नृत्य गर्न नपाएको बताइन् । दीपाश्रीले आफूलाई सुट हुने खालको गीत आएको खण्डमा काम गर्ने बताइन् । चलचित्र क्षेत्र सबैको घर भएकाले पनि काम गर्नुपर्ने उनको भनाई थियो ।

गीत ‘आगो’ छ भनेर सुनेपछि काम गरेको दीपाले बताइन् । निर्देशक विकासराज आचार्यले गीत सुनेपछि दीपाश्रीलाई नै काम गराउनुपर्छ भन्ने सोच आएको बताए । उनले, दर्शकले धेरैपछि दीपाश्रीले नाचेको देख्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment