Comments Add Comment

प्रेरणाश्रोत र मार्गदर्शक नेता गुमाएँ: कमल थापा

३ पुस, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधनबाट देशले निष्ठावान राष्ट्रवादी नेता गुमाएको बताएका छन् । उनले आफूले पनि प्रेरणाश्रोत र मार्गदर्शक गुमाएको बताएका छन् ।

मंगलबार थापाले शोक विज्ञप्तिमा जारी गरी डा. गिरीको निधनले आफू स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन् । शोक विज्ञप्तिमा लेखिएको छ-निष्ठा, आदर्श र स्पष्ट वैचारिक मान्यता उहाँका जीवन दर्शन थिए, आफ्नो अनुकूलतामा विचार र दर्शन परिवर्तन गर्न उद्धत समकालीन नेपाली राजनीतिमा डा. गिरी बरु एक्लो हुनुभयो तर मान्यता परिवर्तन गर्नु भएन ।’

‘उहाँको निधनबाट मैले मेरो प्रेरणाश्रोत र मार्गदर्शक गुमाएको छु, देशले निष्ठावान राष्ट्रवादी नेता गुमाएको छ,’ थापाले लेखेका छन् ।

थापा पार्टी कार्यक्रमको सिलसिलामा पश्चिम नेपालका जिल्लाहरुमा छन् । मंगलबार बाँकेको नेपालगञ्जमा आयोजित पार्टीको एक कार्यक्रम छोट्याएर थापा काठमाडौं फर्किंदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment