Comments Add Comment

चिठ्ठा परेको भन्दै ठगी गर्ने ३ जना पक्राउ

३ पुस, बुटवल । सामाजिक सञ्जाल इमोबाट चिठ्ठा परेको छ भन्दै रकम ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भैरहवाका एक जनालाई २५ लाख भारतीय रुपैयाँ परेको छ भन्दै त्यसको आयकर वापत ४५ हजार भारु माग गर्ने ३ जनालाई भैरहवा सिद्धार्थनगर १ बेलहिया नाकाबाट पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले बताए ।

उनीहरुलाई पुस १ गते राति पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा सिद्धार्थनगरपालिका १ बस्ने २१ बर्षका अब्दुल पठान, रोहिणी गाउपालिका १ बस्ने २० बर्षका सम्मुदिन जोलाहा र भारत महाराजगञ्ज सुनौली ग्राम बस्ने १८ बर्षका मुन्ना भन्ने मोहम्मदन हसन रहेका छन् । उनीहरुलाइ इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

उनीहरुको साथबाट २ लाख ४१ हजार ५ सय नगद पनि बरामद भएको छ ।

त्यस्तै प्रहरीले लागु औषधसहित देबदह नगरपालिका ७ निबासी ३० बर्षका सुनील गुरुङ र २७ बर्षका केशव सिंहलाई पनि पक्राउ गरेको छ । उनीहरुलाइ लु ४ प ७७७३ नम्बरको मोटरसाइकल खान तलासी गर्दा ४४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो ।

त्यस्तै प्रहरीले जर्बजस्ती करणी उद्योगमा १ जनालाई पनि पक्राउ गरेको छ । देबदह वडा न ५ मा पुस १ गते बाटोमा हिँडिरहेको महिलालाई यौन दुर्व्यबहार गर्दै जबरजस्ती करणी गर्न खोज्ने देबदह ५ का ५३ बर्षका रामबहादुर बिक पनि पक्राउ परेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले मंगलबार पत्रकार सम्मेलनमा बताए ।

त्यसैगरी बुटवल ६ मा महिलामाथि जर्बजस्ती गर्न खोज्ने २५ बर्षका कमलसिंह सिंजालीमगर पनि पक्राउ परेका छन् ।

प्रहरीले सिद्धार्थनगरबाट तनहुँ १३ बस्ने सहिदा खानलाई पनि पक्राउ गरेको छ । खानले लागु औषधको कारोबार गर्ने गरेको भेटिएको हो । भने चोरीको मोटरसाइकलमा संलग्न बुटवल १० का प्रकाश फुलेल पनि पक्राउ परेका हुन् । उनले मिलनचोकमा र्पािकङ गरेको लु ३२ प १८८१ को मोटरसाइकल चोरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment