Comments Add Comment

सेयर बजार राताम्मे, परिसूचक १४ अंकले घट्यो

३ पुस, काठमाडौं । साताको पहिलो र दोस्रो दिन लगातार दोहोरो अंकले बढेको सेयर बजार मंगलबार दोहोरो अंकले घटेको छ ।  मंगलबार सेयर बजार १४ दशमलव ६१ अंकले घटेर १ हजार १ सय ६८ दशमलव १७ मा आईपुगेको हो ।

सेयर बजारका अधिकांश समूहहरु राताम्मे देखिएका छन् । उत्पादनमूलक र अन्य समूह बाहेक सबै परिसूचकहरु ओरालो लागेका छन् । नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ ।

मंगलबार भएको ५ हजार ६ सय ७४ कारोबारबाट १ सय ५९ कम्पनीको १४ लाख ७८ हजार ७ सय २४ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार ५३ करोड २३ लाख २५ हजार ६ सय ४६ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । सेयर बजार सुधारका लागि लगानीकर्ताहरुको दबाव समूहले आयोजना गरेको आन्दोलन भने जारी छ ।

विगत एक सातादेखि आन्दोलनमा रहेका लगानीकर्ताहरुले सोमबारदेखि पूर्व घोषित कार्यक्रम अनुसार आमरण अनसन शुरु गरेका छन् । सोमबार आमरण अनसनको घोषणसँगै सेयर कारोबार पनि ठप्प बनाउन आहृवान गरिएको थियो ।

सोमबार करिब ४५ मिनेट पछि खुलेको कारोबार दोहोरो अंकले बढेको थियो भने ४३ करोड भन्दा बढीको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment