Comments Add Comment

दयाकी ‘दयारानी’ दीया

नायिका दीया पुनलाई शिर्ष भूमिकामा राख्दै चलचित्र ‘दयारानी’को निर्माण गरिएको छ । यो चलचित्रको फस्टलुक आज काठमाण्डौमा एक कार्यक्रमको आयाजना गर्दै सार्वजनिक गरिएको छ । यो चलचित्रमा नायक दयाहाङ राई, नायिका दीया पुन र कलाकार विजय बरालको मुख्य भूमिका छ ।

यो चलचित्र वि.सं २०७६ सालको जेठ १० गतेबाट रिलिज हुँदैछ । चलचित्रलाई माओत्से गुरुङले निर्देशन गरेका हुन् । सिनेमा आर्टस् र माओत्से फिल्मस्को ब्यानरमा यो चलचित्र निर्माण भएको हो । गुरुङ समुदायमा दयालु यूवतीलाई ‘दयारानी’ भनिने भएकाले चलचित्रको नाम राखिएको निर्देशक गुरुङले बताए । एउटा खराब श्रीमान् र उसकी श्रीमतिको कथामा यो चलचित्र बनेको छ ।

नायक दयाहाङ राइले चलचित्रको कथावस्तु पढेपछि आफू प्रभावित भएर यो चलचित्रमा काम गरेको बताए । शैलेन्द्रध्वज कार्कीले यो चलचित्रको छायांकन गरेका हुन् । निर्देशक माओत्से गुरुङले नेपाली समाजको एउटा पात्रको कथालाई सुक्ष्म रुपमा उठान गरेको बताए । दर्शकले चलचित्र मन पराएको खण्डमा आफू सफल भएको ठान्ने उनले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment