Comments Add Comment

प्रधानमन्त्रीको आग्रह : पैसाको लोभमा विद्यार्थीको रुची नमार्नुस्

५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी विद्यालयहरुले महंगो शुल्कको लोभमा विद्यार्थीको रुचीलाई मारिरहेको बताएका छन् ।

उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले बिहीबार बुढानीलकण्ठमा गरेको राष्ट्रिय शिक्षा सम्मेलनको उद्घाटन गर्दै उनले अभिभावक र विद्यालयको रुचीअनुसार पढिदिनु पर्दा विद्यार्थीको प्रतिभा प्रस्पुष्टन हुन नसकेको बताएका हुन् ।

‘महंगो शुल्कलिएर पढाइरहेका निजी विद्यालयहरुलाई पनि म भन्न चाहन्छु पैसाको लोभमा विद्यार्थीको रुचीलाई नमार्नुहोस्’ उनले भने ‘विद्यार्थीको रुचीअनुसारको विषय तपाईंको विद्यालयमा पढाइ हुदैन भने उनीहरुलाई अरु विद्यालयमा पढाउन सिफारिस गरिदिनुहोस् ।’

नेपाललाई विकासमा नेतृत्व गर्न सक्ने जनशक्ति आवश्यक परेकोले त्यसै अनुसारका विषयहरु छनोट गरेर पढाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

नेपालमा अझै पनि धेरै बालबालिका विद्यालयबाहिर रहेको बताउदै उनले उनीहरुलाई विद्यालयभर्ना गराउन सरकार प्रयासरत भएको बताउनुभएको छ ।

‘यस बर्ष हामीले कर्णालीबाट विद्यालय भर्ना अभियान सुरु ग¥यौं’ प्रधानमन्त्री ओलीले भने ‘आगामी बर्षभित्र विद्यालय उमेरका कोही पनि बालबालिका विद्यालय बाहिर हुदैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment