+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

सरकारको योजनालाई साथ दिन बीमा समितिले नयाँ योजना ल्याउदै

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ६ गते ११:२८

६ पुस, काठमाडौं । सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीलाई सहयोग पुग्ने गरी बीमा समितिले नयाँ कार्यक्रमको घोषणा गर्ने भएको छ ।

बीमा कम्पनीहरको नियमनकारी निकाय बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंले सरकारको योजनालाई सहयोग पुग्ने गरी निर्जिवन बीमा क्षेत्रमा नयाँ कार्यक्रम घोषणा गर्न लागिएको जानकारी दिए ।

बीमाको पहुँच वृद्धिका लागि ‘मेरो खुसीः मेरो बीमा’ अभियानको शुभारम्भ गर्दै अध्यक्ष चापागाईले भने, ‘समृद्ध नेपाल सुखी नेपाली भन्ने सरकारको नारालाई सहयोग पुग्ने गरी हामीले नयाँ कार्यक्रम ल्याउदैछौं, यसबारे आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिन्छौं ।’

आइतबार पत्रकार सम्मेलननै गरेर जानकारी दिने भन्दै उनले घोषणा हुन लागेको कार्यक्रमका विषयमा थप जानकारी भने दिएनन् । उनले बीमको पहुँचमा ठूलो सुधार आएको समेत बताए । उनले बीमाको पहुँच १४ प्रतिशत पुगेको दावी गरे ।

समितिको अध्यक्ष भएर आएको आगामी १४ गते दुई वर्ष पुग्न लागेको भन्दै उनले भने, ‘म समितिको नेतृत्वमा आएको दुई वर्ष हुनै लागेको छ, म आउदा ७ प्रतिशत रहेको बीमाको पहुँच अब १४ प्रतिशत पुगिसकेको छ । यसलाई ठूलो उपलब्धी मान्नु पर्छ ।’

उनले नयाँ बीमा कम्पनीहरु थपिएको, बीमा चेतनाका कार्यक्रमहरु प्रभावकारी भएको र सञ्चारमाध्यमहरुले समेत सहयोग गरेका कारण पहुँच वृद्धि भएको बताए । यद्यपि, १४ प्रतिशत भने पर्याप्त नभएको उनको भनाइ छ ।

विकसित मुलुकहरुमा बैंकिङ क्षेत्रभन्दा बीमा क्षेत्र अगाडि रहेको प्रसंग सुनाउदै अध्यक्ष चापागाईंले भने, ‘हाम्रो मुलुकमा बैंकिङ पहुँच ५० प्रतिशत पुग्न लागेको छ तर बीमामा भर्खर १४ मात्रै, यसलाई अझ विस्तार गरेर बैंकिङ पहुँचकै हाराहारीमा पुर्याउन सबै पक्षको सहयोग चाहिएको छ ।’

कार्यक्रममा बोल्दै रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले आफ्नो संस्थाले बीमा साक्षरता बढाउन विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको बताए ।

बीमाबारे चेतनाका विकास अझै कमैमात्र भएको भन्दै उनले बीमा जागरणका लागि थप प्रभावकारी कार्यक्रमहरु सञ्चालन हुनु पर्ने बताए ।

बीमा समितिको प्रवर्द्धन र मिडिया इन्टरनेसनलको आयोजनामा शुरु भएको बीमाको पहुँच वृद्धिका लागि ‘मेरो खुसीः मेरो बीमा’ अभियानले देशभर विभिन्न माध्यमबाट बीमा चेतना सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?