Comments Add Comment

बिग ब्यास लिगमा सन्दीपको शानदार डेब्यू

६ पुस, काठमाडौं । नेपालका सन्दीप लामिछानेले बिग ब्यास लिगमा शानदार डेब्यू गरेका छन् ।

मेलबर्न स्टार्सले सिड्नी थन्डर्सविरुद्ध लिगको पहिलो खेल्दा डेब्यू गरेका उनले दुई विकेट लिएका छन् ।

मेलबर्नका कप्तान ग्लेन म्याक्सवेलले आठौं ओभरमा सन्दीपलाई बल दिएका थिए । उनले दोस्रो बलमै शेन वाट्सनको विकेट लिए ।

ओभरको अन्तिम बलमा क्यालम फर्गुसनको विकेट लिए । त्यसपछि आफ्नो तीन ओभरमा भने उनले विकेट लिन सकेनन् र समग्र चार ओभरमा ३६ रन खर्चिए ।

म्याक्सवेलले गरे प्रशंसा

खेलको पूर्वसन्ध्यामा मेलबर्न स्टार्सका कप्तान म्याक्सवेलले सन्दीपको खुलेर प्रशंसा गरेका थिए । आईपीला नै सन्दीपबाट आफू प्रभावित भएको उनको भनाइ छ ।

‘मैल आईपीएलका केही खेलमा उनको बलिङ हेरेको थिएँ, उनमा ब्याट्सम्यानलाई छक्याउने कला छ,’ म्याक्सवेलले भने, ‘उनी हाम्रो टिमका स्टार हुन् ।’

शारीरिक रुपमा धेरै बलियो नभए पनि सन्दिपको बलिङ ‘स्मार्ट’ भएको म्याक्सवेल बताउँछन् । क’नेटमा प्राक्टिस गर्दा मलाई उनको बलिङ बुझ्न धेरै दिन लाग्यो । म उनलाई सिधा हान्ने प्रयास गर्थेँ र बोल्ड हुन्थे । आशा छ बीबीएलमा उनको बलिङले विपक्षी ब्याट्सम्यानहरुलाई हैरान बनाउने छ ।’

नेपाली दर्शकको साथ 

खेल अवधिभर सन्दीपलाई  अष्ट्रेलियमा रहेका नेपालीहरूले साथ दिए ।  उनको प्रोत्साहनका लागि  भनदै सिड्नी तथा क्यान्बराबाट दर्जनौ नेपालीहरू स्टेडिएममा पुगेका थिए ।

नेपाली झण्डासहित पुगेका नेपालीहरूले सन्दीपको प्रस्तुति निकै आशालाग्दो प्रतिक्रियासमेत दिएका छन् ।  सिड्नीबाट सहभागी भएका समर्थक दिनेश जोशीले भने – मौसमी प्रतिकुलताबीच भएको खेलमा सन्दीपको प्रस्तुति उत्साहजनक थियो ।

खेल अष्ट्रेलियाको समयअनुसार राति १० ३८ बजे सकिएको हो ।

सन्दीपलाई उत्साह थप्न स्टेडिएममा पुगेका नेपालीहरू झण्डा फहराउँदै । तस्वीरः Ajay Rajbanshi
photo credit: Ajay Rajbanshi
photo credit: Ajay Rajbanshi

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment