Comments Add Comment

‘तिरिमिर तिरिमिरी तिन तारा’ भन्दै सुशिलसँग शुभेच्छा र सुपुष्पा

चलचित्र ‘रणवीर’को पहिलो गीत सार्वजनिक भएको छ । पत्रकार भेटघाटको आयोजना गर्दै चलचित्रमा समावेश ‘तिरिमिरी तिरिमिरी तिन तारा’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक भएको यो गीतमा राजनराज सिवाकोटी र अन्जु पन्तको आवाज छ भने राजनले गीतमा शब्द तथा संगीत कोरेका छन् ।

यो गीतको भिडियोको लागि प्रयोग गरिएको सेट भव्य छ । काठमाण्डौको बालमन्दिरमा सेट लगाएर गीतको छायांकन गरिएको हो । रामजी लामिछानेले यो भिडियोमा कोरियोग्राफी गरेका छन् ।

यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सुशिल सिटौला, नयाँ नायिका शुभेच्छा खड्का, सुपुसा भट्टलाई फिचरिङ गरिएको छ । गीत छायांकनका लागि २५ लाख खर्च भएको निर्माणपक्षले जानकारी दिएको छ । भिडियोमा १२५ जना कोरसले नृत्य गरेका छन् ।

लभ स्टोरी कथामा निर्माण भएको चलचित्रमा प्रशान्त ताम्राकार, रवि गिरी, हरिहर शर्मा, नरेश पौडेल लगायतको अभिनय छ । चलचित्रमा कथा, पटकथा, संवाद तथा निर्देशन कृष्ण भण्डारीको छ ।

चलचित्रमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको एक्सन, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment