Comments Add Comment

कट्रिनाले यसरी राख्छिन् आफूलाई फिट

भारतीय अभिनेत्री कट्रिना कैफ आˆनो नयाँ फिल्म ‘ जिरो’ लाई लिएर अहिले निकै चर्चामा छिन् । उनी आˆनो अभिनयलाई लिएर जति चर्चामा रहने गर्छिन् , बलिउडको सबैभन्दा राम्ररी अभिनेत्री र फिट अभिनेत्रीका रुपमा पनि उनी उत्तिकै चर्चित एवं लोकप्रिय छिन् । उनी आफ्नो फिटनेशलाई लिएर सधै सर्तक रहने गर्छिन् । उनी वर्कआउटका लागि नियमित रुपमा जीम गर्छिन् । साथै, आहारमा पनि विशेष ध्यान दिन्छिन् । त्यसबाहेक, पनि यस्ता धेरै कुरा छन्, जसले उनलाई सधैभरी फिट एण्ड फाइन राख्न मद्दत गर्छ ।

कट्रिनाको वर्कआउट प्लान

पिलाटे एक्सरसाइज

कट्रिनालाई फिट राख्नमा उनको फिटनेस टे्रनर यास्मीन कराचीवालालाको पनि निकै ठूलो योगदान रहँदै आएको छ । उनैले कट्रिनालाई फिट राख्ने जिम्मेवारी उठाउँदै आएकी छिन् । यास्मीनका अनुसार कट्रिनाको फिटनेस लिस्टमा पिलेट्स, पावरलिˆटिङ्ग, कार्डियो लगायत कयौ प्रकारका फंशनल ट्रेनिङ्ग समावेश गरिएका छन् ।

कट्रिनाका अनुसार यी एक्सरसाइजले उनलाई कट्रिना फिट राख्नुका साथै मनलाई शान्त राख्न मद्दत गर्छ ।  यसबाहेक, उनी कोर तथा एप्सको पनि एक्सरसाइज गर्छिन् , जसमा जिमिंग, जगिंग, आईएसओ-पाक्र्स तथा तैरिने एक्सरसाइज पनि सामेल छन् ।

रेजिस्टेन्ट व्याण्ड पनि उनको वर्कआउटमा पर्दछ

कट्रिनाले हालैमा आˆनो एउटा भिडियो इन्ट्राग्राममा पोस्ट गरेकी थिइन्, जसमा उनले रेजिस्टेन्ट व्याण्डको मद्दतले एक्सरसाइज गरिरहेकी थिइन् । यो व्यायाम पूरा शरीरको लागि फाइदाजनक छ । यो बेडको मद्दतले कयौ प्रकारका एक्सरसाइज गर्न सकिन्छ । यसमा पुसअप, रिचिंग रियर रो, ट्राइसेप्स रो लगायतका एक्सरसाइज समावेश छन् ।

वर्कआउटका क्रममा लिन्छिन्, लिक्विड डाइट

कट्रिनाको वर्कआउट प्लानमा जिम, वेट ट्रेनिङ्ग तथा व्यायाम समावेश छन् । यसबाहेक, वर्क आउटका गर्दा उनी झोलिलो पर्दाथ – लिक्विड डाइट) बढी सेवन गर्छिन्, जसले उनलाई प|mेश रहन सहयोग गर्छ । यसबाहेक, जिम जानु पहिले वा जिम जाने क्रममा उनी स्वस्थकर नास्ता गर्छिन् । जसमा केक, प्रोटिन लगायतका खानेकुरा समावेश हुने गर्छन् ।

स्विमिङ्गले पनि राख्छ कट्रिनालाई फिट

वर्कआउट गर्नुका साथै कट्रिना सातामा कम्तीमा दुई पटक स्विमिङ्ग गर्न रुचाउँछिन् । यदी उनी सुटिङ्गमै व्यस्त छिन् भने पनि उनी समय निकालेरै भएपनि सातामा तीन पटकसम्म स्विमिङ्ग गर्छिन् । स्विमिङ्ग गर्नु उनको सोख पनि हो ।

नियमित गर्छिन् जगिंग

विहान उठ्ने वित्तिकै कट्रिना नियमित रुपमा जगिंगको लागि जान्छिन् । उनी भन्छिन्,  विहान जतिसकिन्छ, हिड्नु पर्छ । उनी शारीरीक मात्र हैन, मानसिक रुपमा फिट रहनका लागि योगा पनि गर्छिन् ।

क्रंचेस पनि गर्छिन्

कट्रिना वर्कआउटका क्रममा कं्रचेस पनि गर्छिन् । उनले कं्रचेस गर्दाको फोटो धेरै पटक सामाजिक संजालमा शेयर पनि गरेकी छिन् । कं्रचेस एक्सरसाइज पेटको माथिल्लो भागलाई मजबुती प्रदान गर्नका लागि गरिन्छ ।

कट्रिनाको डाइट प्लान

आवश्यकता अनुसार खान्छिन्

कट्रिनाका अनुसार उनी फिटनेशको साथ साथै खानपानमा पनि विशेष ध्यान दिन्छिन् । उनको भनाई छ, मानिसलाई जहिले पनि शरीरको आवश्यकताको आधारमा आहार लिनु पर्छ । कट्रिना आˆनो ब्रेकफास्टमा ओट्स र प|mेश जुस खान्छिन् । दिउँसोको खानामा सलाद, चामलका साथमा फलफुल खान्छिन् ।

भिटामिनयुक्त खानेकुरा खान्छिन्

कट्रिना आफूलाई फिट एवं स्वस्थ राख्न भिटामिन तथा खनिजले भरिपूर्ण खानेकुराको राम्ररी उपयोग गर्छिन् । उनी भिटामिनयुक्त तथा कम कार्वोहाइड्रेट युक्त भोजन जस्तै, सलाद, सूप, दही, माछा, रोटी तथा गि्रल गरिएको हरियो सागसब्जी सेवन गर्छिन् भने राती पनि हल्का खानेकुरा खान्छिन् ।  यसबाहेक, उनको नास्ता लो सुगर र डार्क चकलेटको प्रयोग गरी बनाइन्छ ।

प्रत्येक दुई घण्टामा उसिनेको सागसब्जी

आफूलाई फिट राख्न करिना आˆनो आहारमा विशेष ध्यान दिन्छिन् । उनी माइकोबायोटिक आहारको सेवन गर्छिन् । यसका लागि उनी प्रत्येक दुई घण्टाको अन्तरालमा ताजा तथा उमोलेको सागसब्जीको सेवन गर्छिन्, जसमा बोसोको मात्रा निकै कम हुन्छ । उनी खानामा अकाई बेरी तथा ब्हीट ग्रास पाउडर जस्ता सप्लीमेन्टको पनि सेवन गर्छिन् ।

तारेको तथा गुलियो खानेकुरा खादिनन्

कट्रिना तारेको, भुटेको तथा गुलियो खानेकुराबाट सकेसम्म टाढै रहन्छिन् । स्नाक्समा पनि पनि उनी ताजा फलफूल तथा ड्राई प|mुट्ुको सेवन गर्छिन् । उनको खानामा प्राय प्रोटिन तथा फाइबर समावेश हुने गर्छ । रातको समयमा उनी दाल र सागसब्जी खाने गर्छिन् ।

एककप ग्रिन टी पनि फिटनेश राज

यसबाहेक पनि कट्रिना आफूलाई फिट राख्न एक कप गि्रन टीको साथमा पर्याप्त मात्रामा पानीको सेवन गर्छिन् । उनी आफूलाई डिहाईड्रेट राख्न पनि पर्याप्त मात्रामा पानीको सेवन गर्छिन् । उनी विहान उठ्नासाथ चार गिलास पानी पिउँछिन् भने दिउँसो पनि बेलाबेलामा पानी खाने गर्छिन् । त्यसबाहेक, उनी प्रत्येक दिन कम्तीमा एक पटक ग्रिन टी, वा जुस अवश्य पिउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment