+
+
Shares

सेयर बजारको वृद्धि एक दिनभन्दा टिकेन, नेप्से ६ अंकले घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ९ गते १६:०२

९ पुस, काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा देखिएको उत्साह दोस्रो दिनसम्म आइपुग्दा पुन ओरालो लागेको छ । आइतबार ३२ अंक भन्दा बढीले बढेको सेयर बजार सोमबार ओरालो लागेको हो ।

सोमबार सेयर बजार ६ दशमलव ४५ अंकले ओरालो लागेको छ । १ हजार १ सय ९८ दशमलव २४ अंकबाट शुरु भएको कारोबार ६ दशमलव ४५ अंकले ओरालो लागेर नेप्से परीसूचक घटेर १ हजार १ सय ९१ दशमलव ७४ मा झरेको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकममा समेत सोमबार गिरावट आएको छ । दिनभर भएका ७ हजार ९ सय ९३ कारोबारबाट १ सय ६८ कम्पनीको २२ लाख ७६ हजार १ सय ७५ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार ७९ करोड ८७ लाख १८ हजार ५३ रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यसअघि आइतबार ८७ करोड ५५ लाख ७२ हजार ७ सय ६३ रुपैयाँको कारोबार भएको थियो ।

कारोबार रकमका आधारमा सोमबार एनएबी बैंक अग्रस्थानमा देखिएको छ । एनएमबी बैंकको मात्रै ९ करोड ९५ लाख ५८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?