Comments Add Comment

चालु खाता घाटा ८८ अर्ब नाघ्यो, शोधनान्तर स्थिति ५७ अर्ब घाटामा

९ पुस, काठमाडौं । कात्तिक महिनासम्म चालु खाता घाटा ८८ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ ।  अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ४८ अर्ब ९८ करोड रहेकोमा यस वर्ष घाटा ठूलो मात्रामा वृद्धि भएर ८८ अर्ब ६४ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अमेरिकी डलरमा अघिल्लो वर्षको चार महिनामा २५ करोड ७ लाख रहेको चालु खाता घाटा समीक्षा अवधिमा ७७ करोड ४१ लाख पुगेको छ ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति भने ५७ अर्ब ३३ करोड घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ अर्ब ४० करोडले बचतमा रहेकोमा यस वर्ष ५७ अर्ब ३३ करोडले घाटामा रहेको राष्ट्र बैंकको तथ्यांकले जनाएको छ ।

राष्ट्र बैंकले सोमबार ४ महिनाको तथ्यांकमा आधारित मुलुकको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको चार महिनामा २ करोड २३ लाखले बचतमा रहेकोमा समीक्षा अवधिमा ५० करोड ३६ लाखले घाटामा रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment