Comments Add Comment

नेपाल युएईबीचको क्रिकेट सिरिज जनवरी अन्तिम साता

१० पुस, काठमाडौं । नेपाल र युएईबीचको अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जनवरीको अन्तिम साता हुने भएको छ ।

नेपालले युएईसँग एक दिवसीय र टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा जनवरीदेखि फेब्रुअरी पहिलो सातासम्म युएईमै प्रतिस्पर्धा गर्ने भएको हो ।

एक दिवसीय क्रिकेटको मान्यता पाएको लामो समयपछि नेपालले दोस्रो सिरिज खेल्न लागेको हो । युएईसँग तीन खेलको एक दिवसीय सिरिज खेल्ने नेपालले तीन खेलकै टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज पनि खेल्ने छ ।

नेपाली क्रिकेट टिमका म्यानेजर रमन शिवाकोटीले नेपालले युएईसँग जनवरीको अन्तिम साता र फेब्रुअरीको पहिलो सातासम्म खेल्न लागेको बताए ।

नेपालले युएईसँग अहिलेसम्मकै ठूलो सिरिज खेल्न लागे पनि खेल तालिका भने सार्वजनिक भएको छैन । नेपाल क्रिकेट संघ (क्यान) लामो समयदेखि आईसीसीको निलम्बनमा परेको हुँदा नेपाली क्रिकेटको व्यवस्थापन प्रत्यक्ष रुपमा आईसीसीले हेर्दै आएको छ ।

नेपाली क्रिकेट टिमले आईसीसीसँग क्रिकेट सिरिज खेल्ने प्रस्ताव राखेको करिब तीन महिनापछि युएईसँग खेल्ने वातावरण मिलाएको हो । आईसीसीले नेपाल र युएईबीचको एक दिवसीय र टी–ट्वान्टी सिरिजको खेल तालिका केही दिनमा सार्वजनिक गर्दैछ ।

नेपालले गत वर्ष जिम्बाब्बेमा भएको विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेसँगै एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएको थियो । त्यसपछि नेपालले नेदरल्यान्ड्ससँग पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय ऐतिहासिक खेल खेलेको थियो । जुन सिरिजमा नेपालले घरेलु टोली नेदरल्यान्ड्सलाई १–१ मा रोक्न सफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment