Comments Add Comment

स्वस्तिमाका ‘चोपेन्द्र’ उर्फ मुकुन

चलचित्र ‘बुलबुल’को टिजर सार्वजनिक भएपछि एउटा संवाद हिट छ । त्यो संवाद हो, ‘कस्तो नाम हो यो चोपेन्द्र ?’ चलचित्रको घोषणामा नायिका स्वस्तिमा खड्काको मात्र चर्चा भएपनि यसको टिजर सार्वजनिक भएपछि यसका कलाकार मुकुन भुषाल पनि दर्शकमाझ नोटिस हुन थालेका छन् ।

टिजर सार्वजनिक भएलगतै मुकुनको अभिनयमा खास केहि छ भन्ने सोच दर्शक र चलचित्रकर्मीमा देखिएको छ । मुकुन चलचित्र क्षेत्रका लागि नयाँ अनुहार हुन् । उनले यसैबर्ष भारतको शोभित विश्वविद्यालय अन्र्तगतको मार्वा स्टूडियो, नोयडाबाट अभिनयमै स्नात्तोकत्तर गरेर नेपाल फर्किएका हुन् ।

अध्ययनका क्रममा थुप्रै छोटा चलचित्रमा अभिनय गरेपनि उनका लागि ठूलो पर्दाको पहिलो चलचित्र ‘बुलबुल’ नै हो । चलचित्रका निर्देशक विनोद पौडेलले मुकुनलाई नै हेरेर कथा लेखेको बताए । ‘चोपेन्द्र’ नामक पात्रलाई जे सोचेर लेखिएको थियो, त्यो अनुसार मुकुनले काम गरेको पौडेलको भनाई छ । यो चलचित्र फागूण ३ गतेबाट रिलिज हुँदैछ । तर, मुकुनलाई संभावना बोेकेको कलाकारको रुपमा हेर्न थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment