Comments Add Comment

मकैका फाइदाः क्यान्सरको जोखिम घटाउनेदेखि मुटु स्वस्थ राख्नेसम्म

मकै संसारमै सबैभन्दा धेरै खपत हुने अन्नमध्ये पर्दछ । यो खान मिठो हुनुका साथै पर्याप्त मात्रामा पोषक तत्वले भरिपूर्ण हुन्छ ।

मकै पिठो, चिनी, रक्सीका रुपमा पनि प्रयोग हुने गर्दछ ।  यसलाई उसिनेर, पोलेर पनि खान सकिन्छ । त्यस्तै, यसको पिठोलाई ढिाडो तथा रोटीको रुपमा प्रयोग गर्न सकिन्छ ।

मकैमा पर्याप्त मात्रामा भिटामिन ए, बी, ईलगायत आइरन, कपर, जिंक, म्याग्निज, सेलेनियम, पोटासियम लगायतका खनिज पदार्थ पाइन्छन् । यसको सेवनले आन्द्राको क्यान्सरदेखि मुटुसम्बन्धि रोगहरु लाग्नबाट जोगाउाछ । त्यस्तै, अनुहारको चाउरीपना हटाउनुका साथै मुटुलाई स्वस्थ राख्छ । त्यसैले जाडो मौसममा मकैको सेवन निकै लाभदायक मानिन्छ ।

क्यान्सरको रोकथाम

मकैमा एन्टी अक्सिडेन्ट, वीटा क्रिप्टोजेंथिन, एन्टी अक्सिडेन्ट पर्याप्त मात्रामा पाइन्छ, जसले फोक्सो, स्तन तथा कलेजोको क्यान्सरको जोखिमलाई कम गर्छ ।

मुटु स्वस्थ राख्छ

यसले रगतमा कोलस्ट्रोलको मात्रा कम गरेर कार्डियोभास्कुलर समस्याको जोखिमलाई कम गर्छ । यसमा ओमेगा-३ फ्याटी एसिड पनि पाइन्छ, जसले मुटुलाई स्वस्थ राख्छ । यसबाहेक, उच्च रक्तचापको समस्या कम गरेर हृदयाघात तथा स्ट्रोकको जोखिमसमेत कम गर्छ । नियमित रुपमा यसको सेवनले शरीरमा खराब कोलेस्ट्रोलको स्तर कम हुने गर्छ ।

खाना पचाउँछ

गहुाको रोटीको तुलनामा मकैको रोटी पचाउन सजिलो हुन्छ । मकैमा पाइने फाइबर (रेशा) ले पाचन प्रक्रियालाई दुरुस्त राख्नुका साथै आन्द्रालाई राम्ररी काम गर्न सहयोग गर्छ । साथै, विषालु पदार्थलाई आन्द्रामा टाासिन दिदैन । त्यसबाहेक, यसको सेवनले एसिडिटी, कब्जियत तथा पेटसम्बन्धी समस्या पनि कम हुन्छ ।

रगत बढाउँछ

रक्तअल्पताका विरामीका लागि मकै निकै लाभकारी मानिन्छ । किनकी यसमा जिंक, भिटामिन बी-१२, आइरन तथा भिटा क्यारोटिन पाइन्छ, जसले शरीरमा रातो रक्तकोषिका बढाउन मद्दत गर्छ । साथै, यसले शरीरका रक्तकोषिकालाई पर्याप्त मात्रामा पोषकतत्व प्रदान गरी रक्तअल्पताको समस्या घटाउाछ । पोषणविद्हरुका अनुसार एक कप कााचो मकैमा १२५ क्यालोरी हुनुका साथै २७ ग्राम कार्वोहाइड्रेट, चार ग्राम प्रोटिन, नौ ग्राम चिनी, दुई ग्राम फ्याट तथा ७५ ग्राम आइरन पाइन्छ ।

गर्भावस्थामा फाइदाजनक

गर्भावती महिलाहरुले पनि आफ्नो दैनिक आहारमा मकैको रोटी समावेश गर्नुपर्छ । यसमा फोलेटको साथमा भिटामिन बी पाइन्छ , जुन गर्भको शिशुमा नयाा कोशिका विकास गर्न जरुरी हुन्छ । यसबाहेक, फोलेटले गर्भमा रहेको शिशु र गर्भवती महिला दुवैको लागि फाइदाजनक मानिन्छ ।  यसले गर्भवती महिलामा हुने कब्जियतको समस्या कम गर्न पनि मद्दत गर्छ ।

रुघाखोकीमा राहत

पोलेको मकैको जलेको भागलाई पिसेर त्यसमा स्वाद अनुसार सिधा नुन हालेर दिनमा चारपटक एक चियाचम्चा सेवन गर्नुस । यसले खोकी, कफ तथा रुघाखोकीबाट राहत दिलाउाछ ।

हड्डी मजबुत बनाउँछ

मकै हड्डीको लागि समेत फाइदाजनक मानिन्छ । म्याग्नेसियम र आइरनले भरिपूर्ण मकैले हड्डी मजबुत बनाउनुका साथै यसमा रहेको जिंक तथा फोस्फोरसले आर्थराइटिस, आस्टियोपोरिस जस्ता रोगको जोखिमसमेत कम गर्छ  ।

पिसाबको जलन कम गर्छ

मकैको खोयालाई पानीमा उमालेर छान्नु पर्छ  र यसमा मिश्री मिसाएर पिउनुपर्छ । यसले पिसाबको जलन कम गर्नुका साथै मिर्गौलाको कमजोरी हटेर जान्छ । यसबाहेक, यसले मिर्गौला र मुत्र प्रणालीलाई प्रभावकारी बनाउाछ । जसले पत्थरी हुने खतरासमेत कम हुने गर्छ ।

आाखाको लागि

मकैमा पाइने रेटिनाइट्स तत्व आाखाको रेटिनाको लागि लाभकारी मानिन्छ । यसको सेवनले आाखाको रोशनी बढ्ने गर्छ ।

छालाको सुरक्षा

मकैमा रहेको भीटा क्यारोटीन र भिटामिन ए छालाको लागि उत्तम मानिन्छ । नियमितरुपमा यसको प्रयोगले छाला चम्किलो हुन्छ । त्यसबाहेक, मकैमा भिटामिन सी तथा एन्टीअक्सिडेन्ट तत्व लाईकोपिन पनि पर्याप्त मात्रामा पाइन्छ, जसले छाला बिग्रन तथ चाउरी पर्नबाट जोगाउाछ । मकैमा पर्याप्त मात्रामा तेल पाइन्छ, जसलाई छालामा सिधै प्रयोग गर्न सकिन्छ । र, कयौ सौन्दर्यका साधनमा पनि मकै प्रयोग गर्ने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment