Comments Add Comment

५० प्रतिशत नाफामा हिरो बन्दै दिपक, ‘भद्रगोल’ टिमसँग सहकार्यको तयारी

बलिउडका केहि कलाकारले चलचित्र सफलताको मुनाफा लिने गरेका छन् । विना पारिश्रमिक काम गर्ने उनीहरु मुनाफामा रमाउने गरेका छन् । तर, नेपालमा कलाकारले महंगो पारिश्रमिक लिने गरेतापनि मुनाफामा काम गर्न भने सकेका छैनन् । चलचित्र असफल भए पारिश्रमिक नै नलिने, नाफा भएको खण्डमा मुनाफा लिने हिम्मत गर्न कलाकारले सकेका छैनन् ।

तर, अब भने लगातार ५ वटा हिट चलचित्र दिएका कलाकार दिपकराज गिरीले यो जोखिम उठाउने तयारी गरेका छन् । रोहित अधिकारीले निर्माण गर्न लागेको नयाँ चलचित्रमा दिपकराजले सोही शर्त अनुसार काम गर्न लागेका हुन् । यो चलचित्रका लागि दिपकले कुनै पनि रकम लिने छैनन् । तर, चलचित्रको मुनाफाको ५० प्रतिशत लिने तयारीमा उनी लागेका छन् । यसैले दिपकमा आफ्नो लोकप्रियतामा पूर्ण भरोसा गरेको देखिएको छ ।

यो चलचित्रका लागि कलाकार केदार घिमिरेले काम गर्ने पनि पक्का भएको वुझिएको छ । चलचित्रको बारेमा अरु केहि पनि खुलाइएको छैन । दिपकले यो चलचित्रमा काम गर्दा अन्य सुविधा पनि पाउने वुझिएको छ । अहिले यो चलचित्रको कथा उनी आफैले लेखिरहेका छन् । चलचित्र ‘गाजलु’ निर्माण गरेर चलचित्र क्षेत्रमा उदाएका निर्माता रोहित अधिकारीले दिपकसँग यो शैलीमा टिमअप गरेका हुन् ।

‘भद्रगोल’ टिमसँग पनि टिमअपको तयारी

नेपाल टेलिभिजनबाट प्रशारण हुने चर्चित हाँस्य सिरियल ‘भद्रगोल’को टिमले चलचित्र बनाउने बताएको पनि लामै समय भएको छ । अब, दिपकराज गिरी र उनको टिमले यो टिमसँग पनि टाइअप गर्ने तयारी गरेको छ । आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण हुने चलचित्रमा दिपकराज गिरीको टिम र ‘भद्रगोल’को टिमविच टिमअप हुन लागेको हो । यो चलचित्रको कथा पनि दिपक आफैले लेखिरहेका छन् ।

वुझिएअनुसार, दिपक रोहितसँग बनाउन लागेको चलचित्रलाई आगामी बर्षको दशैंमा रिलिज गर्ने तयारीमा छन् भने ‘भद्रगोल’ टिमसँग बनाउन लागेको चलचित्रलाई अर्को बर्षको अन्तिममा रिलिज गर्ने तयारीमा छन् ।
‘भद्रगोल’ टिमसँग भद्र सहमती भएपनि लिखिति सहमती भने भैसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment