+
+

लक्की शेर्पाबारे प्रतिवेदन तयार

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १२ गते १९:३७

१२ पुस, काठमाडौं । सञ्चारमन्त्री गोकुल बास्कोटाले अष्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पामाथि छानविन प्रतिवेदन तयार भएको बताएका छन् । प्रतिवेदन सरकारलाई प्राप्त भइसके पनि निर्णय लिन बाँकी रहेको उनको भनाई छ ।

मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका बास्कोटाले सो जानकारी दिएका हुन् । राजदुत शेर्पामाथि आफ्नै सवारी चालक वाङ्छु शेर्पाले पैसा खाएर आफुलाई अष्ट्रेलिया पुर्‍याएको आरोप लगाएका थिए ।

परराष्ट्रमन्त्री र सचिव अमेरिका भ्रमण सकेर आएको र अहिले प्रतिवेदन अध्ययन गरिरहेको मन्त्री बास्कोटाले बताए । मन्त्री र सचिवको अध्ययनपछि निर्णय आउने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?