+
+
Shares

सरकार सफलताको मापन स्ववियु चुनाव: रञ्जित तामाङ

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १३ गते १७:२२

१३ पुस, धनगढी। अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले नेकपा नेतृत्वको वर्तमान सरकार सफल हो कि असफल हो भन्ने कुरा आगामी स्ववियु निर्वाचनको परिणामले देखाउने दाबी गरेका छन् । आगामी स्ववियु निर्वाचन नेकपाका विद्यार्थीका लागि मात्रै नभई सरकारका लागि पनि परीक्षा भएको बताए ।

स्ववियु निर्वाचन आगामी फागुन १४ गते हुने अध्यक्ष तामाङले जानकारी दिए ।

कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा शुक्रबार आयोजित सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै तामाङले भने, ‘नेकपाका विद्यार्थीहरुले सरकार सफल कि असफल भन्ने जवाफ दिने छन्, फागुन १४ गतेसम्म धैर्य गर्न आग्रह गर्दछु ।’

कार्यक्रममा अध्यक्ष तामाङले नेपाली जनताको चाहना र देशको आवश्यकताले एमाले(माओवादीएकता भै नेकपा बनेको बताउँदै नेकपाको काँधमा विकास समृद्धि, सुशासन सहितको समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल बनाउने दायित्व रहेको बताए ।

नेकपालाई जनताले विश्वासपूर्वक पाँच वर्षका लागि देश चलाउने जिम्मा दिएकाले वर्तमान सरकारले जनताको चाहना र आवश्यकता अनुरुप काम गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष नरेन्द्र न्यौपानेले यस वर्षको स्ववियु चुनावमा नेकपा निकट विद्यार्थीहरु देशभर विजयी हुने दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?