Comments Add Comment

उद्योगपति दुगडको जन्मोत्सवमा आत्मकथा विमोचन

१३ पुस, काठमाडाैं । औद्योगिक घराना के.एल. दुगड समूहका अध्यक्ष किसनलाल दुगड को ७५औं जन्मोत्सव पारेर उनको सचित्र आत्मकथा समेटिएको ‘The Renaissance Man’ नामक पुस्तक विमोचन गरिएको छ ।

भूतपूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उक्त पुस्तक विमोचनकाे विमाेचन  गरे ।  पुस्तकमा किसनलाल दुगडलाई जस्तोसुकै दुःखद परिस्थितीमा पनि हरेस नखाइ सकारात्मक सोचका साथ निरन्तर अगाडि बढ्ने व्यक्तिका रूपमा चित्रण गरिएकाे छ ।

किसनलाल दुगडको जन्म विस २००० सालमा भएको थियो र उनी १३ वर्षको उमेरबाट नै पढाइको साथसाथै उद्योग व्यवसायलाई पनि अगाडि बढाउन निरन्तर रुपमा लागिरहेका छन् ।

कृषि प्रधान देश नेपालको विकासमा कृषि सम्बन्धि उद्योगहरु खोलि विस्तार गर्‍यो भने देश विकासमा सहयोग पुर्‍याउन सकिन्छ भन्ने सोचाइका साथ उनले कृषि क्षेत्र संग सम्बन्धित खाद्यान्नका धेरै उद्योगहरु जस्तै आँटा, तेल, चामल, मैदा तथा दालका साथै अन्य उद्योगहरु पनि स्थापना गर्दै आएकाे बताइएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment