Comments Add Comment

स्ट्रिक्स प्रोफेसनलको कलेक्सन प्रदर्शनी

१४ पुस, काठमाडौं । प्रिमियम हेयर प्रोडक्ट ब्राण्ड स्ट्रिक्स प्रोफेसनलले नेपालमा पहिलो पटक मेगा हेयर शो ‘हेयर एण्ड बियोण्ड’ कार्यक्रम आयोजना गरेको छ । यस कार्यक्रमले ईच्छुक तथा सहभागी हेयर स्टाईलिस्टहरुलाई कटिङ, कलरिङ्ग र स्टाईलिङको क्षेत्रमा प्रेरणा प्रदान गरेको हो । कार्यक्रममा उपस्थित सहभागीहरुले स्ट्रिक्स प्रोफेसनलका टेक्निकल हेड जावेद हबिब र एग्नस चेनले हेयर कटिङ, कलरिङ र स्टाईलिङ बारे नवीनतम ट्रेन्ड र प्रविधि सम्बन्धि जानकारी दिएका थिए ।

उक्त हेयर शोका सेलिब्रिटी जावेद र एग्नसले स्ट्रिक्स प्रोफेसनलको नवीनतम कलेक्सन ‘मेरिगोल्ड’ का साथ विभिन्न प्रयोगात्मक परीक्षण गरी दर्शकहरुलाई उत्साहित बनाएका थिए । स्ट्रिक्स प्रोफेसनलको स्प्रिङ समर कलेक्सनको रुपमा प्रस्तुत मेरिगोल्डमा हेयर स्टाईलिङ्गका लागि चाहिने आकर्षक चमक र सुन्दरता थपिएको छ ।

गोल्डेन, कपर र ब्लोन्डको शेडहरुमा उपलब्ध यस मेरिगोल्ड कलेक्सनले विवाह र पार्टीको समय तपाईंको व्यक्तित्वमा अझ बढी निखार ल्याउनेछ । मेगा हेयर शोको अवसरमा स्ट्रिक्स प्रोफेसनललेनेपाली बजारमा कपाल स्ट्रेट गर्नेका साथै कपाललाई मुलायम र चम्किलो बनाउने उच्चस्तरीय स्ट्रेटनिङ्ग सोलुसन कानभो लाइन समेत सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment