Comments Add Comment

चीनमा पनि असफल ‘ठग्स अफ हिन्दुस्तान’

नायक आमिर खानको चीनमा निकै राम्रो बजार छ । चीनको बजारमा उनी अभिनित ‘दंगल र सेक्रेट सुपरस्टार’ले करोडौ कमाई गरेका थिए । यसैले, भारतमा असफल भएको आमिर खान अभिनित चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ले चीनको बजारमा भने राम्रो कमाई गर्ने अपेक्षा गरिएको थियो । तर, चीनमा रिलिज भएको २ दिनमा यो चलचित्रले दयनिय व्यापार गरेको छ ।

यो चलचित्रलाई चीनका वितरकले सय करोडमा किनेका थिए । तर, चलचित्रले २ दिनमा जम्मा २१ करोडको कमाई गरेको छ । यो चलचित्रले शुक्रबार १० करोड र शनिबार ११ करोडको कमाई गरेको हो । यसैले पनि चीनको बक्स अफिसमा पनि यो चलचित्र असफल हुने पक्का छ । यस्तो अवस्थामा चीनका वितरकले यो चलचित्रबाट ठूलै घाटा सहनुपर्नेछ ।

विजयकृष्ण आचार्यको निर्देशनमा तयार भएको यो चलचित्रमा अमिताभ बच्चन, आमिर खान, फतिमा सेख, कट्रिना कैफ लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment