Comments Add Comment

टुँडिखेलमा तमु ल्होसारः झल्कियो पहिचान (फोटो फिचर)

१५ पुस, काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गरेर आज काठमाडैंसहित देशभर ‘तमु ल्होसार’ पर्व मनाएका छन् ।

तमु ल्होसारको अवसरमा आज गुरुङ समाजले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरे । बसन्तपुर क्षेत्रबाट झाँकीसहित र्‍याली निकालेर टुँडिखेलमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा गुरूङ समुदायले पहिचान झल्किने भेषभुषामा उपस्थित भएका छन् ।  उनीहरूले नाङ्लो, स्याखु, मकैको घोगासहितको डोको, ठेकी, हातले बुनेको झोलाको समेत प्रदशर्न गरेका छन् । गुरूङ समुदायले सार्वजनिक विदाको मागसमेत गरेका छन् ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा  ओलीले सम्बोधन गरेका थिए ।

    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment