१६ पुस, काठमाडौं । कर्मचारी समायोजन अध्यादेशको विरोधमा निजामती कर्मचारी सडकमै उत्रिएका छन् । आफूहरुको वृत्तिविकासको ग्यारेन्टी गर्नुपर्नेलगायतका माग राखेर सामान्य प्रशासन मन्त्रालयमा गुनासाे गर्दै आएका कर्मचारी सरकारले माग वेवास्ता गरेको भन्दै सडकमै उत्रिएका छन् ।
निजामती कर्मचारीहरुले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । आफूहरुको जायज मागलाई वेवास्ता गरी समायोजन अगाडि बढाएको भन्दै कर्मचारीहरु सडकमै उत्रिएका हुन् ।
नेपाली कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियन संघको आह्वानमा भएको प्रदर्शनमा कर्मचारीहरुले तीनवटै तहमा सरुवा र बढुवाको ग्यारेन्टी गर्नुपर्ने, कर्मचारीप्रति भएको श्रेणीगत र तहगत विभेद खारेज गर्नुपर्ने लगायतका माग गरेका छन् ।
हेर्नुहोस् तस्वीरहरु
 
  
  
  
  
  
  
 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4