+
+
Shares

भन्सार छलीको कपडासहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १७ गते ११:४६

१७ पुस, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले भन्सार छली गरी ल्याएको ८५ हजार मुल्य बराबरको कपडासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका–२५, खल्वाटोला बस्ने अजय सहनी र विरेश पटेललाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट ऊनी स्वीटर ९६ पिस, ऊनी कै कुर्ता सुरुवाल ५९ पिस गरी अन्दाजी ८५ हजारको कपडा र २ थान साइकल बरामद गरेको छ ।

गैरकानुनी तवरले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा कपडा सहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । भन्सार चोरी पैठारी तथा ओसार पसार कार्य नियन्त्रण गर्न खटिएका प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा वीरगञ्ज महानगरपालिका–१० बाट कपडा सहित सहनी र पटेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

ठाकुरराम बहुमुखी क्याम्पस पछाडिबाट साइकलमा लोड गरि ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । प्रहरीले उनीहरुलाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?