+
+
Shares

कट्रिनाले छाडेपछि बरुणसँग श्रद्धाको जोडी

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १७ गते १२:१३

नायिका कट्रिना कैफले डान्सको कथामा निर्माण हुन लागेको चलचित्रमा काम नगर्ने खबर बाहिरिसकेको छ । चलचित्र ‘भारत’को सेड्यूलसँग जुधेपछि उनले यो चलचित्रमा काम गर्न नसकेकी हुन् । रेमो डिसोजाको निर्देशनमा तयार हुन लागेको यो चलचित्रमा नायक बरुण धवन पक्का भैसकेका छन् । नायिका कैफले काम नगर्ने भएपछि अब यो चलचित्रमा कुन नायिका होलिन् भन्ने अड्कलबाजी सुरु भएको थियो ।

अब यो चलचित्रमा नायिका श्रद्धा कपूर फाइनल भएकी छिन् । ‘एबीसीडी २’मा काम गरिसकेकी श्रद्धा यस चलचित्रमा पनि दोहरिने भएकी हुन् । हालै श्रद्धाले साउथको चलचित्र ‘साहो’को छायांकन सकाएकी छिन् । चलचित्रको छायांकन जनवरी २२ बाट सुरु हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?