Comments Add Comment

८१ बर्षको उमेरमा कादर खानको निधन

बलिउडका चर्चित कलाकार कादर खानको निधन भएको छ । उनको ८१ बर्षको उमेरमा उपचारका क्रममा अस्पतालमा निधन भएको हो । उनको निधन सोमबार बेलुकी भएको भारतको चर्चित अनलाइन बलिउड हंगामाले उल्लेख गरेको छ । उनको लामो समयदेखि उपचार भैरहेको थियो । उनको निधन क्यानडामा उपचारको क्रममा भएको उनका छोरा सरफराज खानले पुष्टी गरेका छन् ।

उनलाई सोमबार दिउँसोबाट नै भेन्टिलेटरमा राखिएको थियो । उनको निधन सोमबार बेलुकी ६ बजे भएको बलिउड हंगामाले उल्लेख गरेको छ । उनका छोराले भारतीय मिडियासँग भने–‘हो, उहाँको निधन भएको छ । उहाँलाई दिउँसोबाट नै कोमामा राखिएको थियो । बेलुकी उहाँको निधन भयो ।’

कादर खानको स्वासप्रश्वासमा समस्या आएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उनका छोरा र परिवार उनीसँग अन्तिम समयसम्म साथमा थिए ।  उनको अन्तिम दाहासंकार क्यानडामा नै गरिने उनका छोराले भारतीय मिडियालाई बताएका छन् । कादर खानले बलिउडका थुप्रै चलचित्रमा अभिनय गरेका थिए । विशेषगरि, उनलाई नायक गोविन्दासँगको चलचित्रमा बढी देखिएको छ । उनले अभिनय गरेको पहिलो चलचित्र ‘दाग’ हो ।

कादर खानको जन्म अफगानिस्तानको काबुलमा भएको थियो । उनी काबुलमा जन्मिएतापनि भारतको मुम्बइमा बसेर बलिउड चलचित्रमा जमेका थिए । उनले ३ सय भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए । उनी केही चलचित्रमा खलनायकको रुपमा पनि देखिएका छन् । उनले ‘धन दौलद, लुटमार, कुर्वानी, वुलन्दी, मेरी आवाज सुनो, सनम तेरी कसम’ लगायतका चलचित्रमा खलपात्रको भूमिकामा काम गरेका छन् ।

कादर खानको मृत्युको हल्ला सोमबार बिहानैदेखि फैलिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment