Comments Add Comment

रिलायन्स लाइफ इन्स्योरेन्सका ७ नयाँ शाखाको उद्घाटन

१७ पुस, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले थप ७ ठाउँमा आफ्नो शाखा विस्तार गरेको छ ।  रिलायन्स लाइफले वीरगंज, हेटौंडा, नारायणगढ, पाल्पा, तुलसीपुर, घोराही र बुटवलमा शाखा खोलेको हो ।

कम्पनीका अध्यक्ष तारा चन्द्र केडिया र वीरगंज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्कीले वीरगंज शाखाको उद्घाटन गरेका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली र नायब कार्यकारी अधिकृत निराजन कंडेलका साथमा पाल्पा शाखाको पाल्पा उद्योग वाणिज्य महासंघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले गरे ।

यस्तै चितवन उद्योग वाणिज्य महासंघका अध्यक्ष सहनलाल प्रधानले नारायणगढ शाखाको र मकवानपुर उद्योग वाणिज्य महासंघका अध्यक्ष कृष्ण कटवालले हेटौंडा शाखाको उद्घाटन गरेका थिए ।

कम्पनीका नायब कार्यकारी अधिकृत निराजन कंडेलका साथमा घोराही शाखाको घोराही उपमहानगरपालिका नगर उपप्रमुख, सीता न्यौपानेले गरिन् ।

यस्तै तुलसीपुर शाखाको तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डे र बुटवल शाखाको प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले गरे ।

शाखा उद्घाटन कार्यक्रममा कम्पनीका पदाधिकारी र स्थानियको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment