Comments Add Comment

२०७६ सालमा नेपाल सुपर लिग फुटबल प्रतियोगिता हुने

१७ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फ्रेन्चाइज लिग फुटबल प्रतियोगिता आयोजना गर्न भएको छ ।

नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टसँग सम्झौता गर्दै प्रवेश स्तरीय ‘नेपाल सुपर लिग फुटबल प्रतियोगिता’ आयोजना गर्न लागेको एन्फाले जानकारी दिएको हो ।

प्रदेशस्तरीय हुने फ्रेन्चाइज लिग फुटबल २०७६ सालमा हुनेछ । प्रतियोगितामा सातै प्रदेशका टिमको सहभागिता रहनेछ । सातै प्रदेशका टिमले प्रदेशमा रहेका उत्कृष्ट खेलाडीको छनोट गरी टिम बनाउनु पर्ने हुन्छ । त्यस्तै, शहिद स्मारक ए डिभिजन लिगमा भाग लिएका १४ वटा क्लबका उत्कृष्ट १४० जना खेलाडी एन्फाले छनोट गरी सातै प्रदेशलाई बाड्ने छ ।

सिंगल राउण्ड रोविनको आधारमा हुने प्रतियोगितामा लिग चरणमा २१ खेल हुने छन् । त्यस्तै, प्लेअफ ४ गरी कुल २५ खेल हुनेछ । त्यस्तै, प्रतियोगितामा टिमले विदेशी खेलाडी पनि राख्न पाउने प्रावधान रहेको छ ।

सम्झौता अनुसार यो प्रतियोगिताको ब्यवस्थापन नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टले गर्नेछ । त्यस्तै, विभिन्न जिल्लाका विद्यालय टिमहरुमध्ये उत्कृष्ट ११ टिम छनोट गरी विद्यालय स्तरीय प्रतियोगिता पनि आयोजना हुने छ । यो खेलमा कुल ५५ खेल हुने छ भने यसको समयअवधि करिब ६ महिना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment