Comments Add Comment

यस्तो छ इस्वी सम्वतको इतिहास

हामी नेपालमा वैशाख १ गते नयाँ वर्ष मनाउँछौँ । त्यस्तै, अंग्रेजी नयाँ वर्ष जनवरी १ मा हिजोमात्र मनाइयो । विक्रम सम्वत् सुरु भएको बल्ल २ हजार ७५ वर्ष भएको छ भने इश्वी सम्वत् सुरु भएको २ हजार १९ वर्ष ।

दुनियाँमा यी दुई सम्वत् बाहेक अन्य धेरै खाले पात्रो अनुसारका सम्वत् पनि प्रचलनमा छन् । सबैका आ–आफ्ना नयाँ वर्ष हुन्छन् । यस्तोमा विश्वमा सबैभन्दा पहिले नयाँ वर्ष मनाउने चलन कसले सुरु गर्यो होला ? भन्ने जिज्ञासा उठ्नु स्वभाविकै हो ।

वास्तवमा जनवरी १ मा नयाँ वर्ष मनाउने चलनको सुरुवात आजभन्दा २ हजार ६४ वर्ष पहिले भएको हो । रोमन सम्राट जुलियस सिजरले इशापूर्व ४५ मा एउटा नयाँ पात्रोको सुरुवात गरे । उक्त पात्रोलाई जुलियन क्यालेन्डर भनियो । त्यही बेला विश्वमा पहिलोपटक १ जनवरीलाई नयाँ वर्षको पहिलो दिनको रुपमा मानिएको थियो ।

तर अर्को रोचक कुरा के भने जुलियन क्यालेन्डरले इशापूर्व ४७१३ को जनवरी १ लाई आफ्नो पात्रोको पहिलो दिन मानेको थियो । यस अनुसार हालको अंग्रेजी नयाँ वर्षको सुरुवात ६ हजार ७ सय ३२ वर्ष पहिले भएको मानिन्छ ।

त्यस यता अहिलेसम्मै अंग्रेजी क्यालेन्डरमा नयाँ वर्षको रुपमा जनवरी १ लाई मानिँदै आएको छ ।

जुलियस सिजरले नै वर्षमा १२ महिना र ३ सय ६५ दिन हुने प्रचलन बसाले । जुलियन क्यालेन्डर झण्डै १६ सय वर्षसम्म प्रचलनमा रह्यो । त्यसपछि जुलियन क्यालेन्डरको ठाउँमा ग्रेगोरियन क्यालेन्डर प्रचलनमा आयो । जसलाई पोप ग्रेगरी प्रचलनमा ल्याए । जुन अहिलेसम्मै प्रचलनमा रहेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment